मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भिन्नाभिन्नै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

भिन्नाभिन्नै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- देशका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। काठमाडौं महानगरपालिका-१४ कलंकी चोकस्थित सडकमा बा४ख ६८४३ नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार ललितपुर बस्ने बझाङ फलरा घर भएका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएको उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ललितपुर धोबिघाट बस्ने बझाङ चैनपुर घर भएका २६ वर्षीय निखिल बमको सोही अस्पताल हुँदै थप उपचारको लागि भ्याली अस्पताल सुन्धारा पठाइएको छ। टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यस्तै दाङ घोराही उपमहानगरपालिका-११ बुकालीडाँडास्थित सडकमा रा२प १८४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१० बस्ने ५३ वर्षीय पदम बस्नेतको शनिबार साँझ मृत्यु भएको छ। लुअअपु १२५६ अस्थायी नम्बरको जिपलाई ओभर टेक गर्ने क्रममा उक्त जिप  र ना७ख ५३१२ नम्बरको टिपरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता तनहुँ ब्यास नगरपालिका-१ तालघरेस्थित सडकमा ग३च ३७७८ नम्बरको गाडी अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा गाडी चालक हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jan 09, 2022| 12:14 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।