शुक्रबार, चैत ६, २०८२

उपत्यकामा कहाँ-कहाँबाट दिइँदैछ बालबालिकालाई कोरोना खोप?

काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ।

National life

भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा मंगलबारदेखि फाइजर खोप दिइने छ।

पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

काठमाडौं र ललितपुरमा पनि विद्यालय र यसअघि तोकिएका दुवै केन्द्रबाट खोप दिइनेछ। विद्यालय नगएका तर ११ देखि १७ वर्षसम्मका बालबालिकाले पनि उमेर खुल्ने परिचयपत्रका आधारमा खोप लगाउन पाउने व्यवस्था मिलाइएको छ।

११ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या भक्तपुरमा ५० हजार, ललितपुरमा ७१ हजार र काठमाडौंमा दुई लाख ५० हजार रहेको स्वास्थ्य कार्यालयहरूको तथ्यांक छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2022| 12:09 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्