शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीलाई उत्कृष्ट अवार्ड

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छन्। काठमाडौंमा आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सिइओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो। 

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सिइओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो।  

अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताइन्। सिइओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सिइओ हुन्। उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो। उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन्।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० बर्षको बैंकिङ क्षेत्रको अनुभव छ। 


प्रकाशित: Jan 09, 2022| 11:30 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्