शुक्रबार, चैत ६, २०८२

भारतमा कोरोना संक्रमण दैनिक डेढ लाख नाघ्यो, फेब्रुअरीमा पिकमा पुग्ने अनुमान

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ लाख ५९ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा ३२७ जना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ लाख ५९ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा ३२७ जना संक्रमितको मृत्यु भएको छ।

National life

अहिले भारतमा ५ लाख ९० हजारभन्दा बढी सक्रिय संक्रमित छन् भने अहिलेसम्म मृत्यु हुनेको संख्या ४ लाख ८३ हजार ७९० छ। 

कोरोनाको पछिल्लो भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि बढ्दो छ। अहिलेसम्म ओमिक्रोन संक्रमितको संख्या ३ हजार ६२३ पुगेको छ। 

भारतमा संक्रमितको संख्या दैनिक बढ्दो क्रममा छ। फेब्रुअरी १५ सम्ममा त्यहाँ कोरोनााको तेस्रो लहर पिकमा पुग्ने अनुमान छ। 

कोरोनाको तेस्रो लहर बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले रिभ्यु मिटिङ बोलाएका छन्। केही दिनयता बढ्दै गएको संक्रमणदर अहिले १०.२१ प्रतिशत पुगेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 09, 2022| 11:00 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्