शुक्रबार, चैत ६, २०८२

कोरोना बढेपछि उपत्यकाका सीडीओहरूको बैठक बस्दै

कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुट्ने भएका छन्।

National life

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आज आफूहरू छलफलमा जुट्ने जानकारी दिएका छन्।

'हामी आज छलफलमा जुट्ने छौं। कोरोना संक्रमणको जोखिम बढ्दो अवस्थामा छ। यही अवस्थामा रहे भिडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा हामी छलफल गर्ने छौं,' उनले भने।

संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरू बैठक बस्न लागेका हुन्।

गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधिअनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने उनले जानकारी दिएका छन्। 

Laxmi sunrise bank
kumari

एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरू यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने सीडीओ रिजालले बताए। उनले अहिले नै निषेधआदेशको सम्भावना नरहे पनि कसरी भीडभाड व्यवस्थित पार्ने भन्ने बारेमा भने छलफल हुने बताएका छन्।

प्रकाशित: Jan 09, 2022| 09:55 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्