शनिबार, असार २०, २०८३

ला लिगामा रियल मड्रिडको सानदार जित, बराबरीमा बार्सिलोना

स्पेनिस शीर्ष डिभिजनको फुटबलअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना क्लब ग्रानाडासँग बराबरीमा रोकिएको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजनको फुटबलअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना क्लब ग्रानाडासँग बराबरीमा रोकिएको छ।

ग्रानाडाको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले ५७औं मिनेटमा अग्रता जोगाउन नसकेपछि खेल १–१ को बराबरी भएको हो। बार्सिलोनाका लागि लुके डी जोङले गोल गरे।

खेलमा निर्धारित समयको एक मिनेट बाँकी रहँदा ग्रानाडाका एन्टोनियो पुइर्तासले गोल गर्दै खेललाई बराबरी बनाएका थिए। तर त्यसको १० मिनटअघि नै बार्सिलोनाका पावलो मार्टिन गावी डबल यल्लो कार्डको सजायमा मैदान छोड्न पुगेका थिए।

गावी मैदानबाट बाहिरिएसँगै बार्सिलोना १० खेलाडीमा समेटिएको थियो।

शनिबार राति नै सम्पन्न अर्को खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि ४–१ को सानदार जित निकालेको छ। रियलले घरेलु मैदानमा जित निकाल्दा करिम बेञ्जिमा र भिनिसियस जुनियरले समान २–२ गोल गरे।

खेलको ४३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरमा बेञ्जिमाले गोल गरेका थिए। यससँगै पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा तीन गोल थप्यो। ५२औं र ६१औं मिनेटमा भिनिसियसले गोल गरे भने ८८औं मिनेटमा बेञ्जिमाले अन्तिम गोल गरे

त्यसअघि खेलको ७६औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीको अवसर पाएको थियो। तर त्यो अवसरमा गोल गर्न गुइदेस चुके। यद्यपि त्यही मिनेटमा उनले अर्को प्रहार गर्दै भ्यालेन्सियाको खातामा एक गोल जम्मा गरेका थिए।

शनिबार रातिको खेलसँगै शीर्षस्थानको रियलले ४९ अंक बनाएको छ भने बार्सिलोनाको ३२ अंक छ। पराजित भ्यालेन्सिया २८ अंकका साथ नवौं स्थानमा रहँदा २४ अंकका साथ ग्रानाडा १२औं स्थानमा छ।

प्रकाशित: Jan 09, 2022| 09:16 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।