शनिबार, असार २०, २०८३

ए डिभिजन लिगमा मछिन्द्र, मनाङ र आर्मी विजयी

सहिद स्मारक ए डिभिजन लिगको शनिबार सम्पन्न तीन खेलमा मछिन्द्र, मनाङ र आर्मी विजयी भएका छन्।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको शनिबार सम्पन्न तीन खेलमा मछिन्द्र, मनाङ र आर्मी विजयी भएका छन्। शनिबारका तीन खेलमध्ये दुई खेल दशरथ रंगशालामा भएका थिए भने एक खेला पोखरामा भएको थियो।

पोखरामा दिउँसो २ बजेबाट सुरु भएको खेलमा मनाङ मस्र्याङ्दि क्लबले च्यासल यूथ क्लबलाई ५–० गोलअन्तरले हराएको छ। च्यासललाई हराउन मनाङका ओलावाले अफिजले ह्याट्रिक गरे भने ओलुवाउन्मी सोमिडेर र दिनेश राजवंशीले समान १–१ गोल गरे।

त्यस्तै, दशरथ रंगाशलामा दिउँसो १ बजे सुरु भएको खेलमा शीर्षस्थानको मछिन्द्र क्लबले तालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई १–० गोलअन्तरले हराएको छ। फ्रेन्ड्सका रोनेल एन्थोनी पाउलले ५८औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि मछिन्द्रले अग्रता बनाएको थियो।

सोही अग्रता जोगाउँदै मछिन्द्रले खेल जित्यो। सोही मैदानमा पौने ५ बजेबाट सुरु भएको खेलमा भने विभागीय टिम त्रिभुवन आर्मी क्लबले न्यु रोड टिम (एनआरटी) माथि जित निकालेको छ।

आर्मीको जितका लागि खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गरे। उनको गोलसँगै अग्रता बनाएको अर्मीले गोलका धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेन।

शनिबारको खेलपछि जारी लिगको ५४ खेल सकिएका छन्। त्यस्तै, लिगको आठौं चरणका पाँच खेल सकिएका छन्।

शनिबारको खेलपछि मछिन्द्र क्लबले २० अंक बनाएको छ भने दोस्रो स्थानको मनाङको १९ अंक छ। समान १४–१४ भएका संकटा र आर्मी लिगको तेस्रो र चौथो स्थानमा छन्।

न्यु रोड टिम(१० अंक) सातौं स्थानमा यथावत् छ भने फ्रेन्ड्स (३) र च्यासल (५) पुछारबाट पहिलो र दोस्रो स्थानमा छन्।

शनिबार लिगमा सय गोल पनि पुरा भएका छ। मनाङका दिनेशले खेलको ८५ औं मिनेटमा गोल गर्दै लिगको सयौं गोल गरेका थिए। अहिले लिगका ५४ खेलमा १०३ गोल भएको छ।

प्रकाशित: Jan 09, 2022| 07:54 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।