बिहीबार, पुस ३, २०८२

एमाले खोटाङ अध्यक्षमा दङ्गाल चयन

नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्।
 |  आइतबार, पुस २५, २०७८

रासस

रासस

आइतबार, पुस २५, २०७८

खोटाङ- नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन भएका छन्।

National life

दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार सम्पन्न बन्दसत्रले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन भए।

श्याम पोखरेलको अध्यक्षतामा नौ सदस्यीय लेखा आयोगसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले बताए। दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पद तथा गोपनीयताको शपथ गराएका थिए।

Laxmi sunrise bank
kumari

दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो।

शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसम्मतको प्रयासमा ढिलो गरी सम्पन्न भएको हो। २०५४ देखि पार्टीको जिल्ला कार्यसमितिमा दङ्गालले काम गर्दै आएका थिए।

२०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा उनी सर्वसम्मत भएका थिए। उनी तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी) मा लागेपछि अध्यक्षमा मनोनीत भएका थिए।

प्रकाशित: Jan 09, 2022| 07:48 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...