आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले मोरङको पदाधिकारी निर्विरोध, सदस्यमा दोब्बर बढीको उम्मेदवारी

एमाले मोरङको पदाधिकारी निर्विरोध, सदस्यमा दोब्बर बढीको उम्मेदवारी

निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८
National life
Shivam cement

विराटनगर– नेकपा एमाले मोरङको पदाधिकारी निर्विरोध भएका छन्। विराटनगरमा जारी ९ औं जिल्ला अधिवेशनमा पदाधिकारीमा १–१ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्वु र सन्तोष साहको मात्रै उम्मेदवारी परेको छ। 

१६० जना सदस्यका लागि ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्। खुल्ला ३३ सदस्यका लागि १९४ जनाको उम्मेदवारी परेको बताईएको छ। नेताहरुले सदस्यहरु पनि सर्वसम्मतका लागि प्रयास भईरहेको बताएका छन्। 

निर्वाचन समितिले  अन्तिम नामावली प्रकाशन गर्न बाँकी रहेको बताईएको छ। शुक्रबार देखि शुरु भएको जिल्ला अधिवेशनमा १ हजार ४३० जना प्रतिनिधि सहभागी भएका छन्। अधिवेशनले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको हो।  

प्रकाशित: Jan 08, 2022| 19:01 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।