आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सहिद स्मारक लिग खेल्ने सबै क्लबको तयारी खर्च दुई लाख ५० हजार बढ्यो

सहिद स्मारक लिग खेल्ने सबै क्लबको तयारी खर्च दुई लाख ५० हजार बढ्यो

सहिद स्मारक लिग खेल्ने ए, बी र सी डिभिजन क्लबलाई एन्फाले तयारी खर्चमा वृद्धि गरेको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं– सहिद स्मारक लिग खेल्ने ए, बी र सी डिभिजन क्लबलाई एन्फाले तयारी खर्चमा वृद्धि गरेको छ। 

सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)मा शुक्रबार सम्पन्न बैठकबाट तयारी खर्च बढाउन निर्णय भएको एन्फाले जनाएको छ।

एन्फाले तीन डिभिजन लिगका क्लबहरूलाई लिगअघि तयारी खर्च दिँदै आएको थियो। उसले ए डिभिजनका क्लबलाई ३५ लाख दिने गरेको छ भने बी डिभिजन क्लबलाई १० लाख दिने गरेको थियो। त्यस्तै, सी डिभिजन क्लबलाई ९ लाख दिँदै आएको थियो।

त्यस्तै एन्फाले पायक पर्ने ठाउँमा महिला लिग गराउने भएको छ। विराटनगर वा धनगढीमा प्रस्तावित लिग पायक पर्ने ठाउँमा माघ १५ गतेबाट सुरु हुने भएको छ।

त्यस्तै, आगामी जनवरी २९ र फेब्रुअरी २ मा नेपालले पहिलो पटक अफ्रिकन देश मोरिसससँग खेल्दैछ। सो खेल पनि उसले कार्यसमितिबाट पास गरेको छ। त्यस्तै एन्फाले आउँदो जेठ १५ गते चुनावी साधारणसभा गर्ने भएको छ।

प्रकाशित: Jan 08, 2022| 09:30 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।