आइतबार, मंसिर ७, २०८२

ए डिभिजन लिग : शनिबार पोखरामा अन्तिम खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल पोखरा रंगशालामा आयोजना गरिएका थिए।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा तीन खेल पोखरा रंगशालामा आयोजना गरिएका थिए। ती लिगहरूमध्ये तेस्रो तथा अन्तिम खेल शनिबार हुँदैछ। त्यस्तै, आज लिग तालिकाको शीर्ष चारमा रहेका टिन टिमको खेल हुँदैछ।

National life

दिउँसो दुई बजेबाट सुरु हुने लिगमा घरेलु टिम मनाङ मस्र्याङ्दिले पाहुना टिम च्यासल यूथ क्लबलाई आतिथ्य प्रदान गर्नेछ।

जारी लिगमा अहिले मनाङ १६ अ कका साथ दोस्रो स्थानमा छ। त्यसैले ऊ आज च्यासललाई हराएर शीर्षस्थानमा रहेको मछिन्द्र क्लबमाथि दबाब बनाउन चाहन्छ। उसले पोखरा मैदानमा हार बेहोरेको छैन, त्यसले मनाङ  घरेलु मैदानमा अपराजित यात्रा पनि कायम राख्न चाहन्छ।

यता च्यासल चाहिँ रेलिगेसन जोनमा छ। त्यसैले ऊ रेलिगेसनबाट बच्नका लागि संघर्षरत हुनेछ।

यता दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा चाहिँ शीर्षस्थानको मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्स क्लबको सामना गर्नेछ। फ्रेन्ड्ले लिगमा अहिलेसम्म जित निकाल्न सकेको छैन भने मछिन्द्रले अहिलेसम्म हार बेहोरेको छैन।

Laxmi sunrise bank
kumari

फ्रेन्ड्का लागि कुनै टिमसँग पनि जित निकाल्नु अनिवार्य छ। किनभने उसलाई रेलिगेसनको क्षेत्र पार गर्न दबाब छ। त्यसैले, यो खेल पनि टक्करको हुनेछ।

शनिबार नै पौने ५ बजेबाट सुरु हुने खेलमा चाहिँ न्यु रोड टिम एनआरटीले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। उपाधि लक्ष्यका साथ लिगमा होमिएको आर्मी अहिले तेस्रो स्थान पाउनका लागि पनि संघर्ष गरिरहेको टिम हो।

यसकारण आर्मी तेस्रो स्थान प्राप्तिका लागि आज जित निकाल्न चाहन्छ। यता एनआरटी पनि राम्रा फरवार्डका साथ लिगमा सहभागी बनेको क्लब हो। त्यसैले यी दुई टिमबीचको खेलमा फिजिकल दबाब र रणनीतिक हिसाबले महत्त्वपूर्ण हुनेछ।

त्यो किनभने साबिक उपविजेता आर्मीका प्रशिक्षक नवीन न्यौपाने र नेपाली राष्ट्रिय टिम सम्हालिसकेका प्रशिक्षक राजुकाजी शाक्य आफैँमा उत्कृष्ट प्रशिक्षक छन्।

अहिले १७ अंक बनाएको मछिन्द्र क्लब अंकतालिकामा शीर्षस्थानमा छ भने दोस्रो स्थानको मनाङको १६ अंक छ। त्यस्तै, त्रिभुवन आर्मी क्लब ११ अं कका साथ चौथौँ स्थानमा छ।

सातौँ स्थानको न्यु रोड टिमको १० अंक छ भने फ्रेन्ड्स क्लब र च्यासलेको क्रमशः तीन र पाँच अंक रहेको छ। यी दुई क्लब रेलिगेसन जोनमा रहेका छन्।

प्रकाशित: Jan 08, 2022| 07:28 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।