आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा संकटा हारबाट जोगिँदा एपीएफ र जावलाखेलले अंक बाँडे

‘ए’ डिभिजन लिगमा संकटा हारबाट जोगिँदा एपीएफ र जावलाखेलले अंक बाँडे

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा अपराजित टोली संकटा क्लब सातदोबाटो युथ क्लबसँग हारबाट जोगिँदा दिनको दोस्रो खेलमा एपिएफ र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्। 

National life

उपाधि होडमा रहेको अपराजित टोली संकटाले शुक्रबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नवप्रवेश सातदोबाटो युथ क्लब पुनरागमनमा गोल गर्दै १–१ को बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले लिएको थियो। २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए।

संकटाका गोलकिपर राजा बाबु थापाले क्लियर गरेको बल सुशीललाई लाग्दै गोल भएको थियो। तर, खेलको ३२ औं मिनेटमा जया गुरुङले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीको अवस्थामा ल्याएका थिए। दिपेश आले मगरको पासमा उनले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए। दोस्रो हाफमा दुबै टोलीले गोल गर्न सकेनन र खेल बराबरीमा सकियो।

बराबरीसँगै संकटाले जारी सिजन ८ खेलमा पाँचौ बराबरी खेलेको छ । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम रहेको छ ।

यस्तै शुक्रबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय फुटबल क्लब एपिएफ र जावलाखेल युथ क्लबले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । तालिकामा सम्मान जनक स्थान हासिल गर्न जितको खोजिमा रहेका दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न असफल भएका थिए । जसका कारण अंक बाँड्दै आठौं चरणको आफ्नो खेल सकाएका छन् ।

Laxmi sunrise bank
kumari

बराबरीपछि  एपीएफले ८ खेलमा ७ अंक जोडेको छ । एपीएफ दशौँ स्थानमा यथावत रहँदा ललितपुरे टोली जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ  । जावलाखेल नवौं स्थानमा यथावत रहेको छ ।

लिगमा शनिबार तीन खेल हुँदैछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेल साविक विजेता मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ । पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई आतिथ्यता गर्नेछ ।  

प्रकाशित: Jan 07, 2022| 20:50 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।