शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कार्यकाल सकेर बिदा भए आयल निगमका कार्यकारी निर्देशक पौडेल

कार्यकाल सकेर बिदा भए आयल निगमका कार्यकारी निर्देशक पौडेल

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नियुक्त भएको तीन वर्षपछि कार्यकाल सकिएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको नियुक्त भएको तीन वर्षपछि कार्यकाल सकिएको छ।

२०७५ पुस २३ मा तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका उनको कार्यकाल शुक्रबारदेखि सकिएको हो। 

पौडेलको कार्यकाल सकिएसँगै निगम निमित्तको भरमा चल्ने भएको छ। अर्को व्यवस्था नभएसम्मका लागि निगमको नेतृत्व निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले लिने छन्। यसअघि निगमको नेतृत्वमा पौडेल आउनु अघि पनि भट्टराईले नै निमित्त भएर निगम सञ्चालन चलेको थियो।

शुक्रबार आफ्नो कार्यकाल सकिएसँगै पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको प्रक्रिया दिए । ‘कुनै ठूलो विवादमा परिएन। मेरो यो तीन वर्षको बीचमा केही महत्वपूर्ण कामहरु सफलतापूर्वक सम्पन्न भएका छन् र केही कामहरु सुरु भएका छन्,’ उनले नेपाल समयसँग भने।

फेसबुकमा स्टाटस लेख्दै उनले तीन वर्षे कार्यकाल निगम र उपभोक्ताको हितमा काम गर्नमा केन्द्रित रहेको उल्लेख गरेका छन्।


प्रकाशित: Jan 07, 2022| 18:45 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्