शनिबार, मंसिर २३, २०८०

भूतको कथा सुन्न डराउने अभिनेत्री उषालाई फाप्यो भूतकै भूमिका

बाल्यकालमा उनी रुँदा भूतको डर देखाउँथे दिदीहरु। भूत आउँछ भन्ने लागेपछि रुँदारुँदै चुप हुन्थिन्। दिदीहरुले सुनाएको भूतको कथा सुन्न नपरोस् भनी कान थुन्थिन्।
 |  शनिबार, पुस २४, २०७८
averest bankaverest bank

राज सरगम

राज सरगम

शनिबार, पुस २४, २०७८

काठमाडौं– अभिनेत्री उषा रजक चलचित्र ‘कठपुतली’को ‘प्रिमियर शो’ हेरेर घर फर्किएको रात अबेरसम्म निदाउन सकिनन्। आफ्नै घर, आफ्नै कोठा देखेर डराइन्। कोठाको झ्याल र ढोकाबाट भूत नै आउँछ कि भन्ने डरैडरमा पिरोलिइन्। अँध्यारोमा भूतले जताबाट पनि आक्रमण गर्न सक्ने त्रासका कारण सधैं बत्ती निभाएर सुत्ने रजकले त्यो रात बत्ती पनि निभाइनन्। किनकि उनले सिनेमा हलमा भूत देखेकी थिइन्। जुन भूत देखेर डराएकी थिइन् त्यो उनै थिइन्। अर्थात् चलचित्र ‘कठपुतली’मा भूत भएर बदला लिइरहेकी शोभा नामकी पात्रको अभिनय गर्ने कलाकार उनै रजक थिइन्। 

sagarmatha cement

शोभा (उषा रजक) जिउँदै गाडिन पुगेर किचकन्नी (भूत) बनेकी पात्र हो। आफूलाई मार्ने दरबारकै कुनै सदस्यसँग बदला लिन शोभाले युवराजलाई माध्यम बनाएर बदला लिने कोसिसमा हुन्छे। बदलाको आगोमा जलेकी शोभा भड्किएकी आत्मा हो। 

आफ्नै भूमिका देखेर डराएकी कलाकार रजक अहिले कठपुतलीका कारण चर्चामा छिन्। बक्स अफिसमा कमाल गरिरहेको कठपुतलीले राम्रै प्रतिक्रिया पाएको दाबी पनि गर्छिन्। बाल्यकालमा भूतको कथा सुनेर डराउँथिन् तर भूत, मुर्कुटा, किचकन्नी, प्रेतात्मा जस्ता जनविश्वासमा बाँचेका पात्रको भूमिकाबाटै करिअर सुरु गरेको बताउँछिन् उनी। भन्छिन्, ‘मेरो अभिनय यात्रा नै भूतको क्यारेक्टरबाट सुरु भएको थियो।’

बाल्यकालमा उनी रुँदा भूतको डर देखाउँथे दिदीहरु। भूत आउँछ भन्ने लागेपछि रुँदारुँदै चुप हुन्थिन्। दिदीहरुले सुनाएको भूतको कथा सुन्न नपरोस् भनी कान थुन्थिन्। उनै रजकले पहिलोपटक विजय मल्लको नाटक ‘कंकाल’मा भूतको भूमिका निर्वाह गरेकी थिइन्। २०६२ सालमा चितवनमा भएको ‘राष्ट्रिय नाटक प्रतियोगीता’मा कंकालबाट उषाले ‘बेस्ट एक्टर अवार्ड’ पनि जितेकी थिइन्।

Metro Mart
worldlink

त्यसो त उषाको मनमस्तिष्कमा भूतको गहिरो प्रभाव पर्नुमा काठमाडौंस्थित माथिल्लो धोवीघाटको भगवती थान मन्दिरको पनि हात छ। त्यही क्षेत्रमा हुर्किएकी उषा बाल्यकालमा भगवती थान भएर आफ्नो घर र मामाघर आउजाउ गर्थिन्। खेल्ने ठाउँ पनि थियो त्यो। जब साँझ हुन्थ्यो, भगवती थान नजिकैको दोबाटोमा झारफुक गरेर मन्साउँथे स्थानीय। 

बाल्यकालमा उनी रुँदा भूतको डर देखाउँथे दिदीहरु। भूत आउँछ भन्ने लागेपछि रुँदारुँदै चुप हुन्थिन्। दिदीहरुले सुनाएको भूतको कथा सुन्न नपरोस् भनी कान थुन्थिन्।

‘मन्साएको खानेकुरा भूतले खान्छ भनेर डर देखाउँथे स्थानीय,’ उनले सम्झिइन्। मानिसको जस्तै भूतको जीवन हुन्छ कि हुँदैन थाहा छैन तर उनी भूतको पनि कुनै न कुनै संसार त होला भन्ने ठान्छिन्। भूतले यस्तो गर्छ, उस्तो गर्छ भन्ने विश्वास मानिसमा भए पनि अदृष्य भूतको कथा किताबमा पढ्न र सिनेमामा हेर्न भने पाइन्छ। परम्परागत विश्वासका कारण पनि भूत समाजमा छ भन्ने लाग्छ उनलाई। उनले पहिलोपटक भूतको फिल्म हेरेर खुबै डराएको सम्झिइन्, ‘इभल डेट’नामको हलिउड हरर फिल्म हेरेपछि खुबै डराएँ। हरर फिल्म कहिल्यै हेर्दिन भनेको थिएँ।’

हरर फिल्म हेर्न डराउने उषा आफ्ना प्रेमीको मन राख्न ‘द ग्रन्च’ नामको अर्को हरर फिल्म हेर्न सिनेमा घर पुगेकी थिइन्। भर्खरभर्खर अफेयर चल्दै गरेका दिनहरुमा प्रेमीको हात समाएर सिनेमाघर पुगेकी उषाले धेरैपटक आँखा बन्द गर्नुपरेको सम्झिइन्, ‘द ग्रान्च हेर्दा निकै डराएकी थिएँ। भूतै आएजस्तो लाग्थ्यो। भूतको सिन आयो कि आँखा चिम्लेर दाँत किट्थेँ।’

आफूलाई ‘इमोसनल’ ठान्छिन्,उषा। तर उनलाई थाहा छ, सबै आफूजस्तो हुँदैनन्, हरर फिल्म हेरेर ‘इन्जोय’गर्ने दर्शक पनि हुन्छन्। भन्न त उनका ‘डाइहार्ट फ्यान’देखि आफन्तसम्मले भनिरहेका छन्– किन सुन्दर हिरोइन हुन सकिनौं तिमी? यस्तैयस्तै फिल्म किन खेल्छौ?

उनी हाँसेर टारिदिन्छिन्। नाच्नु, गाउनु मात्रै पनि अभिनय होइन भन्ने लाग्छ उनलाई। रहरै नभएको पनि होइन नाच्ने–गाउने हिरोइन हुन तर उनलाई सम्झनेहरु हरर फिल्मकै लागि सम्झिन्छन्। यहाँसम्म कि उनलाई म्युजिक भिडियोमा पनि मृत आत्माको भूमिकाकै लागि सम्झिए। 

गायक जगदीश समालको गीत ‘सधैं सुनुसुनु लाग्ने’ मा दयाहाङ राईको मृत श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् उषाले, जो मृत्युपछि पनि आफ्नो श्रीमानसँग अनेक बात मार्छिन्। 

आफ्नो भूमिकामा कहीँ न कहीँ भूत तथा आत्मा जोडिन पुगेको देखेर उनी स्वयम् आश्चर्यमा छिन्। ‘भूतको क्यारेक्टर’मा कसरी कनेक्ट हुन्छिन् थाहा छैन उनैलाई। ‘मैले आफैंलाई धेरैपटक सोधेको छु, भूतप्रेत र आत्मामाथि बन्ने फिल्म तथा नाटकमा किन म जोडिन पुग्छु? किन म कनेक्ट हुन्छु?’ उनी भन्छिन्, ‘सायद यस्तो भूमिकालाई न्याय गर्न सक्छु होला।’

उषाले नाटक ‘अनुपस्थित तीन’मा पनि मृत आत्माकै भूमिका निर्वाह गरेकी छिन्। रंगकर्मी घिमिरे युवराजको परिकल्पना तथा निर्देशन रहेको नाटक ‘अनुपस्थित तीन’ फ्रान्सेली नाटककार जाँ पाल सात्रको ‘नो एक्जिट’को नेपाली अनुवाद हो। यस नाटकमा उषाले इच्छा नामकी पात्रको भूमिका निर्वाह गरेकी छिन्। इच्छा एक मृत आत्मा हो जो मृत्युपछि आफ्नो अस्तित्वको खोजीमा लागेकी छन्। ‘अनुपस्थित तीन’ नाटक हेरिसकेका दर्शकले कठपुतली हेरिसकेपछि लाग्न सक्छ– उषा ‘हरर जनरा’ मा बन्ने फिल्ममा ‘फिट’ छिन्। अझ यसरी भनौं– उषालाई भूतप्रेत तथा आत्मा बन्दा सुहाउँछ।

ऐतिहासिक घटनालाई हरर जनरामा प्रस्तुत गर्न खोजिएको कठपुतलीले उनको हर्ष बढाएको छ। भूतप्रेतमाथि बनेका सिनेमा र नाटक आफूलाई फाप्ला भनी कहिल्यै सोचेकी थिइनन्। अहिले कठपुतली हेर्ने दर्शकबाट पाएको प्रशंसाले उनी पुलकित छिन्। 

अभिनयका लागि कहिल्यै भूमिका छानिनन्। जसले जसरी सम्झिए त्यसरी नै आफ्नो भूमिका निर्वाह गरेको बताउँछिन्। भन्छिन्, ‘मलाई सम्झिनेहरुले भूतप्रेतकै कथामा बढी सम्झिए, सायद न्याय गर्न सक्छु भन्ने लागेर होला।’

कोरोनाका कारण नेपाली फिल्म उद्योग ध्वस्त भइरहेको बेला फिल्मकर्मीलाई कठपुतलीको प्रदर्शनले हौस्याएको बताउँछिन् उनी। तीन वर्षअगाडि तयार भएको कठपुतली लकडाउनका कारण रोकिएको थियो। ‘फिल्म रोकिँदा आफ्नो करिअर पनि रोकिन्छ कि भन्ने डरैडरबाट गुज्रिइयो। मानसिक तनावै भयो नि,’ उषाले सुनाइन्।

सिनेमा हल बन्द भएपछि उषाले नाटकमा सक्रियता देखाइन्। केही साता अगाडि मात्रै काठमाडौंमा आयोजना भएको ‘मिसेस नेपाल वर्ल्ड २०२१’ मा उनले ‘मिसेस नेपाल इन्टरनेसनल’को उपाधि पनि जितिन्। ‘कुसुमे रुमाल २’, ‘इकु’, ‘वान डे’ जस्ता फिल्ममा अभिनय गरे पनि खासै ‘नोटिस’ हुन नसकेकी उषा फिल्ममा करिअर नदेखेपछि पलायन नै भइन्। आठ वर्ष किर्गिस्तानको सिटी सेन्टर एरियामा बसिन्। ४ वर्ष उनले युएनडिपीमा जागिर खाइन्। 

सिनेमा क्षेत्रबाट पलायन भएर हराएकी उषालाई फेरि सिनेमा क्षेत्रमा करिअर बन्ला भन्ने लागेको थिएन। करिअरको पहिलो इनिङमा असफलता भोगे पनि दोस्रो इनिङमा सुखद् महसुस गरेकी छिन् उनले। 


प्रकाशित: Jan 08, 2022| 18:08 शनिबार, पुस २४, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।