शुक्रबार, असोज १६, २०८३

पछिल्लो साता नेप्से १६७.९७ अंकले वृद्धि

पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडाै‌ं- पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएको छ। गत साताको बुधबार अन्तिम कारोबारको दिन परिसूचक  ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर रोकिएको थियो। पछिल्लो सातामा पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन उकालो लाग्दा एक दिने भने गिरावट आएको छ। यसरी पाँच दिन भएको कारोबारमा नेप्से परिसूचक १६७.९७ अंकले वृद्धि भएर २ हजार ६९२.९७ विन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता ४.२७ अंकले बढेको नेप्से परिसुचक यो साता १६७.९७ अंक माथि पुगेको हो। पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक यो साता भने उच्च रुपमा वृद्धि भएको छ।

साताको पहिलो सेयर कारोबारको दिन आइतबार नेप्से ६०.४१ अंकले वृद्धि भएर २ हजार ५८५.९१ विन्दुमा पुगेको थियो।  आइतबार नेप्से परिसूचकसँगै ठूला कम्पनीको सेयर मापक गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.२९ प्रतिशत, फ्लोट इन्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २.४६ प्रतिशत बढेका थिए। आइतबार ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

सोमबार पनि नेप्से परिसुचक उकालो लागेको थियो। जुन दिन ३२.०३ अंक बढेर २ हजार ६१६.९४ विन्दुमा पुगेको थियो।  सोमबार कारोबारमा आएका २३० कम्पनीको ८२ लाख ५ हजार कित्ता सेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि सुधार भएको थियो।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २ हजार ६७९.९५ विन्दुमा पुगेको थियो। त्यस्तै उक्त दिन पनि ठूला कम्पनीको सेयर मूल्य मापक गर्ने सेन्सेटिभ इन्डेक्स समेत ३.२५ अंक, फ्लोट इन्डेक्स २.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९६ अंक बढेको थियो। मंगलबार कारोबारमा आएका २३४ कम्पनीको ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको थियो। सोमबारको  तुलनामा मंगलबारको कारोबार रकम भने घटेको थियो।

एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ। गत साता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पत्ति २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँले बढेको छ। 

सातको चौथो दिन भने तीन दिन लगातार रुपमा उच्च अंक बढेको सेयर बजार मापक नेप्से परिसूचक ब्रेक लागेको थियो।  तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचक उक्त दिन ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको थियो। बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको थियो। कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार बढेको थियो।

साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ। बिहीबार नेप्से ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ९.१६ अंक, फ्लोट इन्डेक्स ३.०४ अंक र सेन्सेटिभ इन्डेक्स ३.३१ अंक बढेको छ। बिहीबार कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढे पनि बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ। गत साता २ अर्ब ३ करोड ४८ लाख रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ३६ अर्ब २ करोट रुपैयाँले बढेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कुल ३५ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो। यो साता २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँ सम्पत्ति बढेर ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ कायम भएको छ।

प्रकाशित: Jan 07, 2022| 17:00 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्