आइतबार, मंसिर ७, २०८२

३८२ मिनेटको क्लिन सिटपछि संकटाले बेहाेर्‍यो गोल

जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेलपछि क्लिन सिट राखिरहेको संकटाको ३८२ मिनेटमा क्लिन सिटको यात्रा तोडिएको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणको खेलपछि क्लिन सिट राखिरहेको संकटाको ३८२ मिनेटमा क्लिन सिटको यात्रा तोडिएको छ। तेस्रो चरणमा मनाङसँग इन्ज्युरी समयमा गोल बेहोरेपछि गोलको सामना नगरेको संकटाले लिगको आठौं चरणको खेलमा गोल बेहोरेको होे।

National life

दशरथ रंगशालामा पहिलो मिनेटबाटै रोमाञ्चक बनेको खेलमा सातदोबाटोले दबाब बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजा बाबु थापा र डिफेन्डर निरज बस्नेतले ठूलो त्रुटी गरेपछि सातदोबाटोले अग्रता बनायो।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै संकटाका प्रशिक्षक विष्णु गुरुङले डिफेन्स र गोलकिपरको तालमेलमा कमजोर रहेको संकेत गरेका छन्। उनले भने, ‘क्लिन सिट नहुँदा पनि प्रिजेन्स अफ माइन्ड राम्रो नै छ। हामीले डिफेन्स लाइनमा निकै सक्रिय हुनुपर्छ। कहिलेकाहीँ गल्तीहरु पनि हुन्छ। त्यसलाई सुधार गर्नुपर्छ।’

उनले फाइनल थर्डमा पनि गल्तीहरु भइरहेको बताएका छन्। बस्नेतले दिएको ब्याक पास थापाले नियन्त्रणमा लिन सकेनन्। केही प्रयासपछि बस्नेतलाई नै फर्काएको पासमा सुशील राईले खोसेर प्रहार गर्दै खेलमा अग्रता बनाएको थिए। त्यसको अर्को मिनेटमा संकटाले कर्नर प्रहारको अवसर पायो। लक्ष्मण रुचालको कर्नर बलमा बस्नेतको हेडर प्रहार बाहिर गएको थियो।

त्यस्तै, खेलको ३० औं मिनेटमा सुदिप गुरुङले गरेको प्रहार गोलकिपर थापाले मुश्किलले बचाएका थिए भने ४८ औं मिनेटमा दिपक राज सिंह ठकुरीको प्रहार पनि थापाले बचाएका थिए। खेलको पहिलो हाफका सातदोबाटोका फरवार्ड सुदिल राई चोटका कारण मैदानबाट बाहिरिएका थिए। उनको ह्यामस्ट्रिङमा चोट लागेको प्रशिक्षक महर्जनले बताएका छन्।

Laxmi sunrise bank
kumari

खेलमा संकटाले पनि केही अवसर सिर्जना गर्यो। त्यसमध्ये ३२ औं मिनेटमा उसले गोल गर्यो। पिटर सेगुनको पासलाई रोशन पहरीले नियन्त्रणमा लिएर दिपेश आले मगरलाई दिएका थिए। मगरले दिएको पासमा जय गुरुङले पेनाल्टी बक्स बाहिरबाट गोल गर्दै खेललाई बराबरी बनाए। गुरुङ खेलको म्यान अफ दि म्याचसमेत बने।

त्यसपछि सुवास गुरुङको प्रहार पनि पोस्टबाट बाहिर गएको थियो। ५० औं मिनेटमा लक्ष्मणको प्रहार पनि पोस्टबाहिर गये। सातादोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले दुवै टिमले टफ खेलेको बताएका छन्। उनले भने, ‘दुवै टिमले एक अर्कालाई फाइट दिए। दुवैले अवसरहरु सिर्जना गरे। हामी तीन अंकका लागि आएका थियौँ। तर पाउन सकेनौं।’

५२ औं मिनेटमा दिपक गोलको नजिक पुगे पनि गोल गर्न सकेनन्। पोस्ट नजिकैबाट उनले गरेको प्रहार गोलकिपर थापाले सहजै बचाए। त्यसको अर्को मिनेटमा दिपकले नै गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो।

खेलको ७७ औं मिनेटमा सातादोबाटोले फ्रि किकको अवसर पायो। फ्रि किकबाट आएको बललाई मार्टिन सिलो एन्गाले प्रहार गरे पनि पोस्टबाहिर गएको थियो। त्यस्तै खेलको ८९ औं मिनेटमा टिकाराज गुरुङले गरेको प्रहार गोलकिपर अभिषेक बरालले बचाएका थिए।

लिगको तेस्र्रो चरणको खेलमा संकटाले मनाङसँग गोल बेहोरेपछि उसले गोल खाएको थिएन। त्यसपछि उसले लगातार चार खेल क्लिन सिट राख्यो। पुलिस, मछिन्द्र, बिबिसी र च्यासलसँग उसले कुनै गोलको सामना गरेन। यी चार खेलसँगै उसले ३६० मिनेटको क्लिब सिट राखेको थियो।

त्यसपछि उसले सातदोबाटोसँग २३ औं मिनेटमा गोल खाएपछि उसको ३८२ मिनेटको क्लिब सिट तोडियो। जारी लिगमा संकटाले बेहोरेको यो नै पाँचौं गोल हो। उसले अहिलेसम्म १० गोल गरिसकेको छ। लिगको ५० औं र आफ्नो आठौं खेल बराबरी गरेसँगै संकटाले लिगमा १४ अंक जोडेको छ।

अहिलेसम्म संकटाका निरज र उत्तम राईले समान तीन–तीन गोल गरेका छन् भने लक्ष्मणले दुई गोल गरेका छन्। एक गोल गर्नेमा जय गुरुङ र फोडे फोफानाले समान १–१ गोल गरेका छन्। 

आजको खेलमा अर्नेस्ट टेम्मपे उपस्थित थिएनन्। उनी पछिल्लो खेलमा घाइते भएका थिए। सोहि कारण अभ्यासका दौरान खेलाडीले टेम्पीलाई समर्पण गरिएका टिसर्ट लगाएका थिए। त्यस्तै, गोलमा पनि उनीहरुले टेम्पीको जर्सी देखाएका थिए।

‘टेम्पी घाइते भएपछि टिमको मनोबल केही कमजोर भएको थियो। त्यसले पनि केटाहरुले खेल्न सकेनन्। केही गाह्रो भएको पक्कै हो। यो त मैदानबाहिरको कुरा हो,’ उनले भने, ‘तर आज पनि प्रदर्शन राम्रो भयो। बराबरीमा रोकियो।’

यता सातादोबाटोले पनि लिगमा ९ अंक जोडेको छ। यसपहिले तेस्रो र आठौं स्थानमा रहेका क्लब आजको बराबरीपछि यथास्थानमा छन्। लिगको सुरुआति तीन खेलसम्म अपराजित सातदोबाटोले त्यसपछि जित निकाल्न सकेको छैन। उसले पछिल्ला पाँच खेलबाट दुई अंक मात्र बटुल्न सकेको छ।

प्रकाशित: Jan 07, 2022| 16:50 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।