शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ७०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो। 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Jan 07, 2022| 11:29 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्