शनिबार, जेठ २, २०८३

ओमिक्रोनको सुनामी तीव्र गतिमा छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण फैलिरहेको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण फैलिरहेको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। ओमिक्रोनले विश्वभरकै स्वास्थ्य सेवामा दबाब बढेको उनले बताएका छन्।

National life

डब्लुएचओका प्रमुख डा. टेड्रोस घेब्रेयियसले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘डेल्टाभन्दा ओमिक्रोन कम घातक देखिएको सत्य हो तरपनि यसलाई कमजोर नठान्नुस्।’ 

ओमिक्रोनको सुनामी तीव्र गतिमा फैलिरहेको र विश्वभर नै अस्पतालहरुमा भीड बढिरहेको डब्लुएचओ प्रमुखले बताएका छन्। 

केही सातायता युरोप र अमेरिकामा कीर्तिमानी संख्यामा कोभिडका नयाँ संक्रमित देखा परिरहेका छन्। छिमेक भारतमा पनि कोरोना संक्रमित बढ्दो क्रममा छन्। त्यहाँ दैनिक संक्रमणको संख्या एक लाख नाघेको छ।

कैयौं देशमा निकै छिटो मुख्य भेरिएन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको अध्ययनहरूले सुझाएका छन्।

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिएन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन्। उनले भने, ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ। स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्।’

अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सीएनएनसँग बोल्दै संक्रमणले जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दु लिने सम्भावना रहेको बताएका छन्।

प्रकाशित: Jan 07, 2022| 10:46 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्