आइतबार, असार २१, २०८३

ए डिभिजन लिगको ५०औं खेलमा सातदोबाटो र संकटा भिड्दै

सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणका खेल शुक्रबाटबाट सुरु हुँदैछ। यो चरणका छ खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणका खेल शुक्रबाटबाट सुरु हुँदैछ। यो चरणका छ खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको लिगको आधा सिजन सकिएपछि बाँकी आधा सिजन आजबाट सुरु हुन लागेको हो।

९१ खेल हुने लिगमा अहिलेसम्म ४९ खेल सकिएका छन्। आज हुने पहिलो खेल लिगको ५०ओं खेला हुनेछ। त्यसमा मछिन्द्र क्लब दोस्रो स्थानको मनाङ मस्याङ्दीभन्दा एक अंकल अघि छ। यता च्यासल र फ्रेन्ड्स क्लब रेलिगेनको दबाबमा छन्।

आठौं चरणको हिलो दिन दुई खेल हुँदैछन्। दुवै खेल दशरथ रंगशालामा हुनेछन्। दिउँसो १ बजे सुरु हुने खेलमा सातदोबाटो यूथ क्लबले संकटा क्लबको सामना गर्नेछ।

‘संकटा राम्रो टिम हो। उ अपराजित छ। हामीले पनि त्यही अनुसारको प्रयास गरिरहेका छौं,’ सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले भने। आजको खेलमा सातदोबाटोका मर्टिन अजयी उपलब्ध हुनेछैनन्। पछिल्लो खेलमा दोस्रो पहेँलो कार्ड बेहोरेका उनले आजको खेल गुमाएका छन्।

एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले जावलाखेल बलियो रहेको तर उसलाई जित्ने किसिमले तयारी गर्ने बताएका छन्।

यसकारण पनि आज सातादोबाटोलाई फरवार्ड लाइनमा असर गर्नेछ। त्यसो त सातदोबाटोका एक विदेशी खेलाडी लिगको पहिलो खेलमै घाइते भइसकेका छन्। त्यसैले नेपाली खेलाडी र दुई विदेशी खेलाडीलाई उसले सम्योजन गरेर खेलाउनु  पर्ने चुनौती रहेको छ।

उनले संकटालाई हराउन रणनीति तयार गरिसकेको पनि बताएका छन्। सातदोबाटोले पछिल्लो दुई खेलमा हार बेहोरेको छ। यद्यपि आफ्ना खेलाडीले राम्रो गरिरहेको प्रशिक्षक महर्जनले बताए। यता संकटाका पनि एक खेलाडी घाइते छन्।

यसकारण उसलाई पनि आजको खेलमा सातादोबाटोविरुद्ध सहज हुनेछैन। अहिले खेलाडी घाइते भएपछि संकटाले भारतीय खेलाडी ल्याउने भएको छ। आजको खेलमा सातदोबाटो विरुद्ध जितको लक्ष्यका साथ मैदान उत्रने संकटाको लक्ष्य रहेको छ।

शुक्रबार साँझ हुने खेलमा चाहिँ विभागीय टिम एपीएफले जावलाखेलको सामना गर्नेछ।

खराब सुरुआत गरेका दुवै टिमले पछिल्ला केही खेलमा राम्रो गरिरहेका छन्। त्यसैले दुवै टिमको मनोबल उस्तै छ। जावलाखेल नवौं स्थानमा छ भने एपीएफ १०औं स्थानमा छ। त्यसैले मिडिल टेबलमा रहने सम्भावना भएका यी दुई टिमबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा हुनेछ।

एपीएफका सहायक प्रशिक्षक रत्न काजी महर्जनले जावलाखेल बलियो रहेको तर उसलाई जित्ने किसिमले तयारी गर्ने बताएका छन्। ‘हामी अट्याकिङ र डिफेन्डिङ शैलीमा प्रस्तुत हुनेछौं। पेपे आएपछि हाम्रो डिफेन्स थप शक्तिशाली पनि भएको छ। हामी स्कोरिङमा पनि थप अभ्यास गर्दैछौं,’ महर्जनले भने।

उनले पहिला पनि डिफेन्स राम्रो भए पनि सिल्ली मिस्टेक भएको बताए। साथै उनले जावलाखेल टिम राम्रो रहेको र अट्याकहरू पनि धेरै गरेको बताएका छन्। यता जावलाखेलका प्रशिक्षक किशोर केसीले पनि आफ्नो टिमले धैर्यताका साथ खेल्ने बताएका छन्।

केसीले एपीएफको खेल सुधारिएको र राम्रो खेलाडी भएकाले  खेल राम्रो हुने बताए। तर उनले आफ्नो टिमले ट्याक्टिकल्ली र टेक्निकल्ली राम्रो रहेको बताए। ‘पोलमा बलहरू लगेर बाहिरिइरहेका छन्। त्यो कम भयो र गोल भयो भने राम्रो हुन्छ। हामीले सबै टिमलाई फाइट दिइरहेका छौं। आज राम्रो खेल्ने हो,’ उनले भने।

प्रकाशित: Jan 07, 2022| 09:43 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।