शुक्रबार, असोज १६, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्री दर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ।
 |  शुक्रबार, पुस २३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २३, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्री दर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३४ रुपैयाँ ४८ पैसा र बिक्री दर १३५ रुपैयाँ १६ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७२ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ४८ पैसा र बिक्री दर १३० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १३ पैसा र बिक्री दर ८५ रुपैयाँ ५६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ४९ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। 

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।  - आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: Jan 07, 2022| 06:41 शुक्रबार, पुस २३, २०७८
प्रतिक्रिया दिनुहोस्