शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ५०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५०० ले घटेर ९२ हजार ३०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर एक हजार २३५ तोकिएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Jan 06, 2022| 11:32 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्