शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतबाट ल्याएको १५ महिनापछि रेलको पर्दा खोल्ने तयारी

भारतबाट ल्याएको १५ महिनापछि रेलको पर्दा खोल्ने तयारी

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाइएको छ। सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेसनमा त्रिपालले ढाकेर राखिएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- भारतसँग खरिद गरेपछि त्रिपाल ओढाएर राखिएको रेल करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको दाबी गरेको हो। यद्यपि, यस्तो दाबी पहिलोपटक गरिएको भने होइन। 

मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाइएको छ। सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेसनमा त्रिपालले ढाकेर राखिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउँदै प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिइन्। 

प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ। यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्रनाथ श्रेष्ठले पनि भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताए। उनले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परिक्षण भइरहेको पनि बताए। 

यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिनुभएको छ। उहाँले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक बर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यताअध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेको बताए।

प्रकाशित: Jan 06, 2022| 08:46 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्