आइतबार, जेठ १७, २०८३

पूर्वमुख्यमन्त्री राईले गाडी फिर्ता गरेनन्

तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

विराटनगर- प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको गाडी प्रयोग गरिरहेका छन्। प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीहरुका लागि कुनै पनि सुविधाको निर्णय गरेको छैन।

National life

तर, मुख्यमन्त्री राईले पदवाट भदौ १० गते राजीनामा दिएपनि आर्थिक मामिला तथा योजना मन्त्रालयको को१झ ५६५ नम्वरको गाडी प्रयोग गरिरहेका हुन्।

तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोलाई पदबाट बर्खास्त गरि राईले मन्त्रालयको गाडी मुख्यमन्त्रीको काठमाण्डौं स्थित सम्पर्क कार्यालयमा लगेका थिए। काठमाण्डौंमा रहेको सम्पर्क कार्यालय भीम आचार्य नेतृत्वको सरकारले हटाउने निर्णय गरेको थियो।

सम्पर्क कार्यालयका फर्निचर लगायतका सामाग्री मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगर ल्याएपनि गाडी भने काठमाण्डौंमै रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पूर्वमुख्यमन्त्री राईले गाडी चाडै फिर्ता गर्ने भने पनि फिर्ता नगरेको बताए।

उनले भने,‘ गाडी चाँडै फिर्ता आउने छ।’ पूर्वमुख्यमन्त्री राईले प्रदेश सरकारले औपचारिक रुपमा गाडी फिर्ता नमागी मिडियामा प्रचारवाजी गरेको बताए। उनले भने, ‘सरकारले गाडी लिए भईहाल्यो नी किन प्रचारवाजी गर्नु।’ आर्थिक मामिला तथा योजना मन्त्रालयले राईले चढिरहेको निशान कम्पनीको टेरान गाडी ८० लाख हाराहारी बजेट खर्चेर तीन वर्षअगाडि खरिद गरेको थियो।

Shivam cement

प्रकाशित: Jan 06, 2022| 07:42 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।