शुक्रबार, असोज १६, २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ६८ पैसा विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्री दर भने ११९ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर ११८ रुपैयाँ ६८ पैसा विनिमय दर तोकेको छ। अमेरिकी डलरको बिक्री दर भने ११९ रुपैयाँ २८ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

यसैगरी, युरो एकको खरिद दर १३४ रुपैयाँ १९ पैसा र बिक्री दर १३५ रुपैयाँ ८७ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६२ पैसा र बिक्री दर १३० रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६.०३ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८४ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ २५ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ०६ पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४४ पैसा रहेको छ। 

यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ।

आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रकाशित: Jan 06, 2022| 06:31 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्