शुक्रबार, असोज १६, २०८३

उखुको मूल्य तोकियो

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

काठमाडौँ- सरकारले यसवर्षका लागि उखुको समर्थन मूल्य निर्धारण गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिक्विन्टल ५९० रुपैयाँ दरले उखुको समर्थन मूल्य तोकेको हो।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। यस वर्षका लागि निर्धारण गरिएको उखुको मूल्य गत वर्षको भन्दा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो। 

गत वर्ष मन्त्रिपरिषदले उखुको मूल्य प्रतिक्विन्टल ५४४ रुपैयाँ निर्धारण गरेको थियो। अघिल्लो वर्ष २०७६ मा उखुको मूल्य ५३६ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो।

प्रकाशित: Jan 05, 2022| 22:24 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्