शुक्रबार, चैत ६, २०८२

एक दिनमा कति खाने नुन?

नुनको मात्रा बढी भएमा मानिसको तौलसमेत बढ्न सक्छ। बढी नुनयुक्त खाना मानिसले बढी खाने समेत एनएचएसको भनाइ छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- हामीले खाने अधिकांश खानामा या त चिनीको मात्रा हुन्छ या त नुनको। दैनिक जीवनमा खानेकुरामा अत्यधिक प्रयोग हुने नुन नेपालीमा समाजको खानामा नछुट्ने एउटा तत्व हो। तर यही नुन एक दिनमा कतिसम्म खाने त? सबैलाई जानकारी नहुन सक्छ। 

National life

बेलायतको स्वास्थ्यसम्बन्धी निकाय नेसनल हेल्थ सर्भिसले एक दिनमा बढीमा ६ ग्राम नुन खान सुझाव दिएको छ। बढी नुन खाँदा के हुन्छ त? उक्त निकायले उल्लेख गरेको छ, 'खानामा नुनको मात्रा बढी ब्लड प्रेसर बढ्ने सम्भावना बढी हुन्छ।' उच्च रक्तचापको समस्या भएका व्यक्तिले अझ कम मात्रामा नुन खानुपर्ने उसले उल्लेख गरेको छ। उच्च रक्तचापको समस्या भएका व्यक्तिलाई मुटुसम्बन्धी रोग लाग्ने र हृदयाघातसमेत हुने जोखिम बढी हुन्छ। 

नुनको मात्रा बढी भएमा मानिसको तौलसमेत बढ्न सक्छ। बढी नुनयुक्त खाना मानिसले बढी खाने समेत एनएचएसको भनाइ छ। 

प्रत्येक सय ग्राम खानेकुरामा १.५ ग्रामभन्दा बढी नुन खानै नहुने उसको सुझाव छ। ११ वर्षभन्दा माथिका व्यक्तिले ६ ग्रामभन्दा बढी नुन नखान एनएचएसको सुझाव छ। ११ वर्षभन्दा कम उमेरका व्यक्तिले त्यो भन्दा पनि कम नुनखानुपर्ने सुझाव एनएचएसको छ। 

प्रकाशित: Jan 06, 2022| 05:05 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्