मंगलबार, वैशाख ९, २०८२

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो। शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन्।
 |  बुधबार, पुस २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

vianetvianet

धनगढी- केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ। 

triton college

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ। हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो। शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ। चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन्।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन्। घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ। केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ।

'हुस्सु र कुहिरोका कारण भिजिविलिटी नहुँदा काठमाडौं–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,' विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भने, ‘विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन।’ लामो अवधिसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन्। 

पछिल्ला दशकमा आलु, गोलभेँडालगायत तरकारी खेती व्यावसायिक रुपमा भइरहे पनि बर्सेनि देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन मुस्किल हुने गरेको किसानको अनुभव छ। यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका छन्।

National life insurance

टनेलको व्यवस्थापन गर्न नसक्नेलाई विषादी छर्किनुपर्ने हुन्छ। तर प्रत्येक सात-आठ दिनको फरकमा विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने भएपछि आलु गोलभेँडालगायत बालीमा किसानको खर्च बढ्ने गरेको छ। ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकले दिने गरेका छन्। 

एउटै बालीमा पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई आफ्नो बाली जोगाउनै मुस्किल छ। पटक–पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ। रातिको तापक्रम तीन डिग्री सेल्सियस भन्दा तल जाने  र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्रविधिक बताउँछन्।

लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उनको भनाइ छ। रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रणबाट बाली जोगाउन सकिने उनले बताए।

डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पछिल्ला दशकमा घट्दै गएको छ। ढुसीको सङ्क्रमण तोरीबालीमा छिटो बढी असर पुर्‍याउने गरेको बताइएको छ। धनगढी उपमहानगरपालिका-१३ का किसान गुलाब रानाथारुले बर्सेनि हुने डढुवा रोगकै समस्याका कारण आफूले तोरी खेती गर्न छाडेको बताउनुभयो। ‘पहिले आफ्नो पूरै खेतमा तोरी लगाथ्याँ’, उनले भने, ‘त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नु पर्‍यो।’ 

‘पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गर्थ्यो’, ६५ वर्षीय रानाथारुले भने, ‘आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौंठो समय आएको अनुभव भएको छ।’ ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँखेती गरेर चित्त बुझाइरहेका छन्। तर छाडा छाडिएका पशु चौपायाले बाली नष्ट गर्दा यो बाली जोगाउन पनि किसानले हैरानी खेप्नुपरेको छ।

प्रकाशित: Jan 05, 2022| 23:10 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।