शनिबार, वैशाख २२, २०८१

देउवाविरुद्ध शेखरको रणनीति : पार्टीमा भाग, पेल्‍न खोजे प्रतिवाद

विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो।
 |  बुधबार, पुस २१, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, पुस २१, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइराला समूहले दुई दिनयता सक्रियता बढाएको छ। मंगलबार अनुपम फुडल्यान्डमा समूहका 'अगुवा'को भेला गरेका कोइराला समूहले बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा आफ्नो समूहबाट १४औँ महाधिवेशनमा उम्मेदवार बनेका नेताहरूसँग छलफल गरेको हो। 

triton college

यी दुवै भेलामा छलफलको मुख्य विषय थियो- देउवाविरुद्ध रणनीति निर्माण गर्नु। यसलाई शेखर समूहले भने 'महाधिवेशनको समीक्षा' ट्याग दिएको छ। दुवै भेलामा शेखर समूहले अबको रणनीतिका विषयमा समेत छलफल गरेको थियो। यो समूहले अब 'पार्टीमा भाग खोज्ने' र 'पेल्न खोजे प्रतिवाद गर्ने' रणनीति बनाएको छ। यी दुवै पदावली शेखर समूहले प्रयोग नगरेपनि त्यसको भाव भने यो भन्दा फरक छैन। 

आफ्नो प्रतिबद्धता विपरीत समूहको बैठक बोलाएर डा कोइरालाले देउवाविरुद्धको रणनीति तय गरेका हुन्। १४औँ महाधिवेशनसँगै गुट सकिने बताएका डा कोइरालाले समूहको बैठक बोलाएर आफ्नो गुट सक्रिय हुने सन्देश प्रवाह गरेका हुन्। सोही समूहबाट महामन्त्रीमा विजयी भएका गगनकुमार थापाले पनि महाधिवेशनपछि कुनै पनि विचार समूहले गुटको छुट्टै भेला गर्न नहुने बताएका थिए। यद्यपि महाधिवेशनपछि मत परिणाम आएको १५ दिन नबित्दै शेखर समूहले गुटको अभ्यास थालेको हो।

सभापतिका लागि भएको दोस्रो चरणको मतगणनामा देउवाले २७३३ मत ल्याएर विजयी हुँदा कोइरालाले १८५५ मत ल्याएका थिए। सभापति देउवाले नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आफू वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसमा आबद्ध सबैको सभापति भएको र सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर यसमा देउवाको बोली र व्यवहार फरक परेको शेखर समूहको बुझाइ छ। विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो। 

केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरीयता तोके। सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २०औं वरीयतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए। यद्यपि शेखरले भने आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको प्रतिक्रिया दिएका थिए। 

corrent noodles
Metro Mart
विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो। 

बुधबार बसेको शेखर समूहको बैठकपछि नेपाल समयसँग कुरा गर्दै बैठकमा सहभागी नेपाल तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले वरीयताका विषयमा पनि आपत्ति जनाइएको बताए। उनले भने, 'बैठकमा महाधिवेशनमा पराजय भएको विषयमा समीक्षा भयो। त्यसैगरी शेखरलाई तोकिएको वरीयताको विषयमा आपत्ति जनाइएको छ। अहिलेको वरीयताले १९०० मतदाताको निराश बनाउने काम भएको बैठकमा नेताहरुले बताउनु भएको छ।'

सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरेको शेखर समूहको आरोप छ। कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। आफ्नो समूहका नेताहरुलाई मनोनित नगरेकोप्रति पनि शेखर समूहले आपत्ति जनाएको छ। शेखरले जारी गरेको चार बुँदे वक्तव्यमा नै निष्ठावान नेताहरुलाई मनोनित गरिएकोप्रति आपत्ति जनाइएको छ। 

'पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के 'मापदण्ड' अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौँ,' वक्तव्यमा भनिएको छ, 'पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्‍ने भनी प्रश्न उठ्न सक्छ। निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामका विरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ।'

पार्टीमा भाग नखोज्‍ने बताएका डा. कोइरालाले 'अवसरको न्यायोचित वितरण' भन्दै आफ्नो समूबहलाई पनि भाग छुट्याउनुपर्ने माग अघि सारेका छन्। यसअघि बागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग दिएको भए पनि आफूसँग परामर्शसमेत नगरेको भन्दै उनले बैठकमा आपत्ति जनाएको बताइएको छ। त्यसैगरी राष्ट्रिय सभाको उम्मेदवार चयन पनि शेखर समूहले आपत्ति जनाएको छ। 

बुधबारको बैठकमा पनि पार्टी नेतृत्व विधि विपरीत चल्‍न खोजेकोले ट्र्याकमा ल्याउन बाध्य पार्ने विषयमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए। 

देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन्। सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरेका थिए। 

बैठकमा सहभागी शाहीले भने, 'शेखर व्यक्ति होइन, १९०० महाधिवेशन प्रतिनिधिको नेता हो। राष्ट्रियसभाको उम्मेदवार चयनमा पनि विधान अनुसार नभए भन्दै बैठकमा कुरा उठेको छ।' बैठकले विधान अनुसार पार्टी चलाउन दबाब दिनका लागि यस्ता बैठक गर्दै जाने भन्‍ने सहमति भएको उनले बताए। 

मंगलबार भएको छलफलमा शेखर समूहको बैठकमा नेताहरुले ४० प्रतिशत मत पाएका डा. शेखरलाई नेताकै रुपमा स्वीकार गर्न नखोजेको निष्कर्ष निकालेका थिए। मंगलबारको  बैठकमा महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेललाई ‘स्पेस’ दिएको तर, शेखरसँग परामर्श पनि नगरिएकोप्रति आपत्ति जनाइएको एक नेताले बताएका थिए। 

बुधबारको बैठकमा पनि पार्टी नेतृत्व विधि विपरीत चल्‍न खोजेकोले ट्र्याकमा ल्याउन बाध्य पार्ने विषयमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए। उनले भने, 'पार्टी नेतृत्वलाई विधि विपरित चल्न खोजेको ठाँउमा ट्र्याकमा ल्याउने, पार्टी नेतृत्वको विरोधमा सिधै जाने भन्दा पनि विधि अनुसार चलाउन बाध्य बनाउने विषयमा छलफल भएको छ।'

तर, देउवाले यसैगरी पेल्‍न खोजे प्रतिवाद गर्ने विषयमा पनि सहमति भएको उनले जानकारी दिए। उनले थपे, 'सुरुवाती चरणमा जुन देखिएको छ, यसैगरी पेल्न खोजे प्रतिवाद गर्ने विषयमा पनि सहमति भएको छ।'  

पार्टीको स्थानीय तहको चुनावमा पार्टीलाई चलायमान बनाउने गरी देशव्यापी अभियान चलाउने र उक्त अभियानमा पराजितहरुलाई परिचालित गर्ने, पार्टीले कार्यक्रम ल्याए पनि त्यसमा जोडिने, नत्र संगठित बनेर कार्यक्रम ल्याएर अघि बढ्नुपर्ने सुझाव नेताहरुले दिएको उनले जानकारी दिए। 

बुधबारको बैठकमा महामन्त्री गगन थापाले भने आफूहरुले भाग खोजेको नभइ, न्याय चाहेको बताएका थिए। तर, बागमतीमा प्रदेश सरकार गठन हुँदा आफ्नो समूहलाई न्याय नगरिएको उनको गुनासो थियो। उनले भनेका थिए, ‘हामी भाग खोज्दैनौं। तर, बागमती प्रदेश सरकार हुँदा के भयो? त्यहाँ अन्याय भएको सबैलाई थाहा छ। वरीयताका विष्यामा विगतको अभ्यास पनि सम्झाएकै थियौं, के भयो त्यो पनि थाहै छ,’ उनले भने।

उनले पार्टीमा ४० प्रतिशत मत ल्याएको शक्तिलाई इग्नोर गरेर पार्टी चलाउन खोजेर पार्टी नचल्ने बताए। ‘४० प्रतिशत मत ल्याएको शक्ति लाई इग्‍नोर गरेर पार्टी चल्न सक्दैन। हामी सभापतिलाई सहयोग गर्छौ तर हामीलाई इग्‍नोर गरे सैह्य हुँदैन।' 

प्रकाशित: Jan 05, 2022| 20:44 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...