शुक्रबार, भदौ १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विद्यार्थी संगठनद्वारा नोवेल मेडिकल कलेज प्रशासनमा तालाबन्दी

विद्यार्थी संगठनद्वारा नोवेल मेडिकल कलेज प्रशासनमा तालाबन्दी

विद्यार्थी संगठनले अतिरिक्त शुल्क नलिई पठनपाठन सञ्चालन गर्न माग गर्दै नोवेल मेडिकल कलेज विराटनगरमा बुधबार तालाबन्दी गरेका छन्।
 |  बुधबार, पुस २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

vianetvianet

विराटनगर- विद्यार्थी संगठनले अतिरिक्त शुल्क नलिई पठनपाठन सञ्चालन गर्न माग गर्दै नोवेल मेडिकल कलेज विराटनगरमा बुधबार तालाबन्दी गरेका छन्। २४ घण्टे अल्टिमेटम दिँदै कलेज प्रशासनले माग सम्बोधनमा बेवास्ता गरेपछि मोरङका विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन्।

Kumaribank

नोवेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि विद्यार्थीको आन्दोलनमा बुधबारदेखि मोरङका सबै विद्यार्थी संगठनहरु एक भएका छन्। 

एमाले निकट अनेरास्ववियु, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा अस्पताल प्रशासनमा तालाबन्दी गरेका हुन्।

अस्पतालको हस्तक्षेपका बाबजुद भुइँ तल्लाको चेनगेट फुटाएर विद्यार्थीहरुले माथिल्लो तल्लामा रहेको अस्पताल प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गर्नुका साथै चर्को नाराबाजी समेत गरेका छन्।

नोवेल मेडिकल कलेजमा १ सय विद्यार्थीको कोटा छ। कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये २४ जनाले अतिरिक्त शुल्क बुझाएका छन्। उनीहरुको पठन–पाठन भइरहेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन्। विद्यार्थीका अनुसार नौ भारतीय, १० छात्रवृत्ति र ५ जनाले अतिरिक्त बुझाएकालाई कलेजले माथिल्लो तलामा राखेर पढाई गरिरहेको छ। 

Metro Mart

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत नोवेलले ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। पुस १४ गते देखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। 

प्रकाशित: Jan 05, 2022| 19:37 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।