काठमाडौं- झिल्टुङ क्रसकन्ट्री दौडको छैटौं संस्करण माघ ८ गते हुने भएको छ। बेलकोटगढी नगरपालिकाको आयोजनामा हुने दौडलाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवारले गर्न आयोजनकले बताएको छ।
पाल्दुम कसकन्ट्री दौड नुवाकोटको बेलकोटगढी नगरपालिकाको कोल्पुटारमा शुरु भइ बेलिनी, छाप, राजओडार, खड्गाछा, वापराजआडार, खड्गाडाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समाप्त हुनेछ।
यो दौडको दूरी १३ दसमलव चार किलोमिटर कच्ची बाटो रहेको छ। जसमध्ये ४ दसमलव ५ किलोमिटर उकालो २ किलोमिटर समथर र बाँकी ओरालो छ।
‘गत वर्ष जस्तै छात्र छात्रालाई मध्यनजर गर्दै ४.५ किलोमिटरको दौड ‘रन फर फन फन’ का लागि खुला दौड प्रातयोगिता हुँदैछ। यस दौडको विशेष आकर्षण स्थानीय आमा समूहको दौड हुनेछ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिामा उल्लेख छ।
क्रसकन्ट्रीको पहिलो प्रतियोगितामा पुरुषतर्फ होमलाल प्रथम भएका थिए भने महिला तर्फ धादिङकी सन्तोषी श्रेष्ठ प्रथम भएकी थिइन्।
दाश्रो प्रतियोगितामा पुरुषतर्फ भमिराज राई प्रथम भए भने महिलातर्फको उपाधि कान्छीमाया कोजुले जितेकी थिइन्।
यसै गरी तेश्रो झिल्टुङ्ग दौडमा पुरुषतर्फ किरण बोगटी विजेता भएका थिए भने महिला तर्फ पुष्पा भण्डारीले दौड पुरा गरी प्रथम भएकी थिइन्।
यसैगरी चौथो झिल्टुङ्ग दौडमा पुरुषतर्फ काश राई प्रथम भएका थिए भने महिलातर्फ प्रिया राई प्रथम भएकी थिइन।
गत वर्षको पाँचौ संस्करणमा पुरुषतर्फ सुमन कुलुङ्ग राई प्रथम भएका थिए भने महिला तर्फ हुमी बढामगर प्रथम भएकी थिइन्।
‘झिल्टुङ्ग क्रसकन्ट्री दौडको मूख्य उद्देश्यनै क्रसकन्ट्री दौडलाई विकसित गर्नु हो। अहिले हाफ म्याराथनजस्ता थुप्रै दौडहरु भैरहेका छन् र दौडको स्तर पनि बढ्दै गईरहेकोछ। तर क्रसकन्ट्री
मा खासै भएको देखिदैन त्यसकारण यस दौडले खेलाडीहरुलाई दौडने मौका थप्दै खास गरेर लामो दुरीको दौडलाई सहयोग पुर्याउन यो प्रतियोगिताको आयोजना गरिँदै आएको हो,’ विज्ञप्तिमा लेखिएको छ।
पहिलो दुई संस्करणमा बैकुण्ठ मानान्धरलगायत राष्ट्रिय तथा अन्तष्ट्रियस्तरका खेलाडीको सहभागिता भएको थियो। यो संस्करणमा पनि स्टार खेलाडी लगायत अन्य धावकहरु पनि सहभागी हुने
आयोजक बताएको।
त्यस्तै, झिल्टुङ तथा नुवाकोट क्षेत्रको आन्तरिक पर्यटनको विकासलाई पनि प्रवर्धन गर्ने आयोजकले जानकारी दिएको छ।