शनिबार, जेठ २, २०८३

चिकित्सा शिक्षा आयोगले तोकेकै शुल्क कार्यान्वयन गर्न मणिपाल कलेज तयार

मणिपाल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी, जिल्ला प्रशासन कार्यालय र स्थानीय समुदायको रोहबरमा यस्तो सहमति भएको हो।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

पोखरा- पोखरास्थित मणिपाल मेडिकल कलेज तयार भएको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन विद्यार्थीलाई दबाद दिएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रशासनसँग मणिपालले यस्तो सहमति गरेको हो। 

National life

मणिपाल कलेज प्रशासन, आन्दोलनरत विद्यार्थी, जिल्ला प्रशासन कार्यालय र स्थानीय समुदायको रोहबरमा यस्तो सहमति भएको हो। 

सहमतिमा आयोगले तोकेभन्दा बढी कुनै पनि शीर्षकमा शुल्क नलिने प्रतिबद्धता कलेजले गरेको छ। योसँगै विद्यार्थीले गर्दै आन्दोलन स्थगित भएको छ। 

सहमतिपत्रमा मणिपाल कलेजका निर्देशक गौरव यादव, कलेका प्रशासन प्रमुख भानु भारद्वाज र आन्दोलनरत विद्यार्थीका तर्फबाट नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसन गन्डकी च्याप्टरका उपाध्यक्ष अनिल सन्हालगायतको उपस्थिति छ। 

सहमतिको रोहबरमा कास्कीका सहायक प्रजिअ कृष्णचन्द्र पौडेल, पोखरा-१६ का वडाध्यक्ष राजेश गुरुङलगायतको हस्ताक्षर छ। 


प्रकाशित: Jan 05, 2022| 16:15 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्