काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएकोमा बुधबार ६०० रुपैयाँले बढेर ९२ हजार ८०० रुपैयाँ कायम भएको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेर एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।