आइतबार, जेठ १७, २०८३

विधान विपरीत नेतृत्व चयन गर्दै विराटनगर जेसीज

‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मूल मन्त्र छ। तर, विराटनगर जेसीजले नेतृत्व चयन प्रक्रिया भने विधान विपरीत अघि बढाएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

विराटनगर- ‘शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने जेसीजको मूल मन्त्र छ। तर, विराटनगर जेसीजले नेतृत्व चयन प्रक्रिया भने विधान विपरीत अघि बढाएको छ। बुधबार नेतृत्व चयनको तयारी गरिएको छ। तर, सदस्यहरूले निर्वाचनको पत्र र मतदाता नामावली प्राप्त नभएको बताएका छन्। 

National life

जेसीजको वार्षिक निर्वाचन कार्यक्रम राष्ट्रिय महाधिवेशनभन्दा ३० दिन अघि हुनु पर्ने विधानमा व्यवस्था छ। तर, राष्ट्रिय महाधिवेशनपछि विराटनगर जेसीजले वार्षिक निर्वाचन कार्यक्रम बुधबार सम्पन्न गर्ने तयारी गरेको हो।

सम्भवत जेसीजको इतिहासमै नभएको घटना विराटनगर जेसीजले गर्न लागेको छ। विराटनगर जेसीजको पूर्व अध्यक्ष तथा निर्वाचन आयुक्त उज्ज्वल खरेलले विधान विपरीत नेतृत्व चयन प्रक्रिया सुरु नगरिएको दाबी गरे। 

महाधिवेशन अधि नै निर्वाचन प्रक्रिया सुरु गरेर महाधिवेशन पछि गर्ने गरी स्थगित गरिएको उनले बताए। उनले भने, ‘विराटनगरबाट राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार भएकाले निर्वाचन स्थगित गरिएको हो।’ अध्यक्ष जिताउने अभियानमा लाग्नु परेकाले महाधिवेशन पछि प्रक्रिया सुरु गर्ने गरी स्थगित गरिएको र विधान संवत् नै भएको खरेलको दाबी छ। 

उनले भने, ‘महाधिवेशन अघि नेतृत्व चयन गर्दा अध्यक्षको उम्मेदवारलाई प्रभाव पर्ने देखिएकाले स्थगित गर्नु परेको हो।’

Shivam cement

महाधिवेशनको ३० दिन अघि वार्षिक निर्वाचन गरिसक्नु पर्ने काम ३० दिन पछि सुरु गर्नु विधान संवत् नभएको श्रोतको भनाई छ।  

विराटनगर जेसीजमा आन्तरिक कलहका कारण यो समस्या आएको बताइएको छ। श्रोत भन्छ,‘ अघिल्लो दिन चिठ्ठी बाडेर भोलि पल्ट मनोनयन हुन्छ, कुन संस्थाको निर्वाचन यस्तो हुन्छ?’ शासन विधिको हुनु पर्ने भन्ने, अनि गैर कानुनी कार्य गर्न नमिल्ने श्रोतले बतायो। 

विधान विपरीतको कार्य विराटनगर जेसीजले गर्न लागेको पूर्व अध्यक्षले बताए। उनका अनुसार विगत दुई वर्षदेखि विराटनगर जेसीजको वार्षिक साधारणसभा पनि भएको छैन। शाखाको अधिवेशन गर्नु पर्ने विधानमा व्यवस्था भए पनि अधिवेशन नगरेर हिसाब किताब पारदर्शी नगरेको उनले  बताए। 

विधान विपरीत निर्वाचन प्रक्रिया अघि बढाइए सम्बन्धित निकायमा उजुरी गरी विराटनगर जेसीजलाई विधान संवत् नेतृत्व चयनका लागि दबाब दिइने पूर्वअध्यक्षहरू बताउँछन्।

प्रकाशित: Jan 05, 2022| 07:54 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।