काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९९ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ १८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ७६ पैसा र बिक्री दर १६१ रुपैयाँ ५७ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६४ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५.८२ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ २५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८३ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१ रुपैयाँ ८४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। यस्तै भारतीय १०० रुपैयाँको खरिद दर १६० र बिक्री दर १६०.१५ रुपैयाँ रहेको छ। - आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्