मंगलबार, कात्तिक ११, २०८२

सुदूरपश्चिममा बढ्दै कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ। हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ।
 |  बुधबार, पुस २१, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २१, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा दैनिकरुपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ।  हप्ताको तेस्रो दिन आज एकैदिन ४० मा सङ्क्रमण पुष्टि भएको छ। सोमबार यस प्रदेशमा २८ र आइतबार पाँचमा सङ्क्रमण देखिएको थियो। 

Kumaribank

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ९७२ को नमूना परीक्षण गर्दा ४० मा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

पीसीआरमार्फत आठ र एन्टीजेनमार्फत ३२ मा पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा छ र सेती प्रादेशिक अस्पतालमा दुई र एन्टीजेनमार्फत कञ्चनपुरका नौ र कैलालीका २३ जनामा सङ्क्रमण पुष्टि भएको छ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन्। उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ।

प्रकाशित: Jan 05, 2022| 00:20 बुधबार, पुस २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।