शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ।

शोभकान्त ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी हुन्। काठमाडौंको नागार्जुन नगरपालिका-१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र ललितपुर महानगरपालिका-७ सुन्धारा स्थायी ठेगाना भएको राजेश्वर एण्ड कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाई राजस्व चुहावट गरेकाले रु एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ बिगो असूल गर्न विभागले माग गरेको छ।

साथै विभागले कायम भएको बिगोको शतप्रतिशत जरिवाना गर्न उच्च अदालतसमक्ष अभियोगपत्र दायर गरेको हो। राजस्व चुहावट गर्न सघाएबापत लेखापरीक्षक श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी विभागले गरेको छ। 

प्रकाशित: Jan 04, 2022| 20:50 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्