आइतबार, असार २१, २०८३

ए डिभिजन लिगको आधा सिजन : मछिन्द्र र सुनिल शीर्षमा

आधा सिजनको खेल सकिँदा पनि लिगमा सय गोल पुग्‍न सकेको छैन। त्यसैले यो सिजन सकिँदा जति कुरा भयो त्यो समग्र लिगको आधा सिजन सकिँदाको कुरा हुन्। यसले विजेता र उपविजेताको छनक त दिन्छ नै रेलिगेसनका सम्भावित टिमहरुको पनि जानकारी दिन्छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- सोमबार दिउँसो सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण सकिँदा सहिद स्मारक ए डिभिजन लिगको आधाभन्दा धेरै खेल सकियो। ९१ खेलको लिगमा अलिहे ४९ खेल सकिएका छन् भने अब ६ चरणका ४२ खेल बाँकी छन्। यस्तोमा अहिले सहिद स्मारक ए डिभिजन लिगले आधा सिजनको विजेता भने पाइसकेको छ।

आधा सिजनको खेल सकिँदा पनि लिगमा सय गोल पुग्‍न सकेको छैन। त्यसैले यो सिजन सकिँदा जति कुरा भयो त्यो समग्र लिगको आधा सिजन सकिँदाको कुरा हुन्। यसले विजेता र उपविजेताको छनक त दिन्छ नै रेलिगेसनका सम्भावित टिमहरुको पनि जानकारी दिन्छ।

लिगको सातौँ चरणका सात खेलमा १३ गोल भएपछि अहिले लिगमा ९४ गोल भएका छन्।

मछिन्द्रको एफसी कप छनोट यात्रा

पछिल्लो सिजन मछिन्द्र क्लब पहिलोपटक ए डिभिजन लिगमा च्याम्पियन भयो। तर, उसँग एएफसीको लाइसेन्स थिएन। लाइसेन्स नभएपछि उसले एएफसीका कुनै प्रतियोगिता खेल्न पाएन।

यता राखेपमा फुटबलको छुट्टै क्लब दर्ता गराएर त्रिभुवन आर्मी क्लबले भने लाइसेन्स तयार पार्‍यो। र, श्रीलंकाको टिमका साथै भारतको टिमसँग छनोट खेल्यो। विदेशी टिमसँगको प्रतिस्पर्धा नेपाली टिमका लागि फाइदा छँदैछ त्यहाँबाट आउने पैसाले पनि क्लबलाई फाइदा गराउँछ।

त्यो अवसर मछिन्द्रले गत सिजनमा गुमायो। तर यो सिजन सुरु नहुँदै मछिन्द्रले लाइसेन्सको प्रक्रिया पूरा गरेको छ। अब उसले एएफसी छनोट खेल्न पाउँछ। त्यो छनोट खेल्नका लागि लिगको सातौं चरण सकिँदा शीर्षस्थानमा हुनुपर्ने थियो। उसले सातौं चरणमा पुलिसविरुद्ध गोल गर्दै जित निकाल्यो।

‘पछिल्लो सिजन उपाधि विजेता भएर पनि हामीले एफसी छनोट खेल्न पाएनौँ,’ पुलिसलाई हराएपछि मछिन्द्रका कप्तान सुजल श्रेष्ठले भने, ‘खेल्न नपाउँदा दुःख लागेको थियो। यो सिजन खेल्न जाँदैछौं। खुसी लागेको छ।’

अब विदेशी खेलाडी थपेर टिमलाई थप बलियो बनाएर एएफसी कपमा जाने लक्ष्य रहेको मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल बताउँछन्।

मछिन्द्रले लिगमा अर्को पनि सफलता पाएको छ। उसले लगातार ६ खेलसम्म क्लिन सिट राखेको छ। 

सर्वाधिक गोलकर्ता

लिगमा ९४ गोल हुँदा मछिन्द्रका सुनिल बलले सबैभन्दा धेरै पाँच गोल रेका छन्। उनी पाँच गोलसहित गोलकर्ताको शीर्षस्थानमा छन्।

लिगको पहिलो खेलमै न्युरोड टिमविरुद्ध दुई गोल गरेका बलले त्यसपछिका दुई खेलमा गोल गर्न सकेनन्। उनले हिमालयन शेर्पा, मनाङ र पुलिसविरुद्ध गोल गरेका छन्। उनले मनाङविरुद्धको खेलमा गोल गरेपछि नै मछिन्द्रले एएफसी कप खेल्ने अवसर बचाएको थियो।

सुनिलले अहिलेसम्म ५४४ मिनेट मैदानमा विताइसकेका छन्। मछिन्द्रबाट सबैभन्दा लामो समय मैदानमा विताउने खेलाडी सुनिल नै हुन्।

त्यस्तै लिगमा दुई खेलाडीले समान ४–४ गोल गरेका छन्। चार गोल गर्नेमा सातदोबाटोको मार्टिन्स अजयी र एपीएफका आशिष लामा रहेका छन्।

मार्टिन्सले एपीएफविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए भने आर्मीविरुद्ध पनि गोल गरेका थिए। त्यस्तै, लिगको पहिलो खेलमा ब्रिगेडविरुद्ध गोल गरेका उनले एनआरटीविरुद्ध पनि गोल गरेका छन्।

लिगमा तीन गोल गर्ने खलाडीमा ६ खेलाडी छन्। मनाङ मर्स्याङ्दीका अन्जन विष्ट, संकटाका निरज बस्‍नेत र उत्तम राई, पुलिस क्लबका सुमन लामाले समान ३–३ गोल गरेका छन् भने च्यासलका रुमेश बर्तौला र हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले पनि उतिनै गोल गरेका छन्।

अंकतालिका

लिगमा अहिलेसम्म अपारजित टिम तीनमात्र छन्। ती टिम हुन मछिन्द्र, संकटा र त्रिभुव आर्मी क्लब। त्यसमध्येको मछिन्द्र क्लब शीर्षस्थानमा छ। उसले १७ अंक जोडेको छ भने दोस्रो स्थानको मनाङको १६ अंक रहेको छ।

संकटाले आधा सिजनमा १३ अंक बनाएको छ भने आर्मी शीर्षस्थानको मछिन्द्रभन्दा छ अंकले पछि रहेको छ।

लिगमा शीर्ष चारभन्दा बाहिर रहेको लोकप्रिय टिममा पर्छ थ्रिस्टार क्लब। थ्रिस्टारले अहिलेसम्म १० अंक बनाएको छ। छैटौं स्थानमा रहेको थ्रिस्टारभन्दा एक स्थान माथि छ हिमालयन शेर्पा क्लब।

त्यस्तै, न्यु रोड टिम, सातदोबाटो युथ क्लब र जावलाखेल क्लब पनि अंकतालिकाको मध्यभागतिर नै छन्। १० अंक बनाएको एनआरटी सातौं, ८ अंक बनाएको सातादेबाटो आठौं र सात अंक बनाएको जावालखेल नवौं स्थानमा छ।

अलिक पुछारतिर भने पाँच क्लब रहेको छन्। उनीहरुको लगभग उस्तै अंक रहेको छ। अहिलेसम्म जित निकाल्न नसकेको एकमात्र टिम फ्रेन्ड्स क्लब तालिकाको पुछारमा छ। रेलिगेसनको सबैभन्दा पीडामा रहेको टिम पनि फ्रेन्ड्स नै हो। त्यस्तै, पाँच अंक बनाएको च्यासल पनि रेलिगेन जोनमा नै छ। सामान ५ अंक भएको ब्रिगेड बोइज क्लब भने गोलअन्तरका आधारमा रेलिगेशन क्षेत्रबाहिर छ।

तालिकाको पुछारबाट हेर्दा चौथो र पाँचौ स्थानमा विभागीय क्लब छन्, पुलिस र आर्मी। दुवैको समान ६–६ अंक रहेको छ। रेलिगेसनको क्षेत्रमा लामो समय विताएर माथिल्लो स्थानमा पुगेको टिम हो एपीएफ। यता पुलिस भने अंक तालिकामा क्रमश: कमजोर बन्दै गएको छ। 



प्रकाशित: Jan 04, 2022| 18:45 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।