आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ६ जनाले गराए मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ६ जनाले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका हुन्।
 |  मंगलबार, पुस २०, २०७८

भीम चौधरी

भीम चौधरी

मंगलबार, पुस २०, २०७८

धनगढी- राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका हुन्।  

National life

सत्तारुढ गठबन्धनकातर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट पनि तीन जनाले उम्मेदावरी दर्ता गराएका छन्। 

नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्। 

राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना राष्ट्रियसभा सदस्यको ४ वर्षे पदावधि फागुन २० गते सकिदै छ। 

राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्न जाँदै सुदूरपश्‍चिम नेकपा एमालेका उम्मेदवारहरु।

Laxmi sunrise bank
kumari

राष्ट्रिय सभा ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार माघ १२ गतेका लागि निर्वाचन तोकिएको हो।

फागुन २० गते पदावधी सकिनेमा राष्ट्रिय सभा सदस्यमा खुलातर्फ निर्वाचित भएका शेरबहादुर कुँवर, दलिततर्फ चक्रप्रकाश स्नेही र महिलातर्फ तारादेवी भट्ट रहेका छन्। तीनै सदस्यको २०७५ असार ४ मा गोलाप्रथा गर्दा कार्यकाल ४ वर्षमा परेको थियो।

निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उप प्रमुख, अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने छन्। 

सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका एक सय ७५ र प्रदेशसभा सदस्य ५२ गरेर दुई सय २७ मतदाता रहेका छन्। मतभार स्थानीय तहका १८ र प्रदेश सभा सदस्यको ४८ रहेको छ।

प्रकाशित: Jan 04, 2022| 17:39 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।