आइतबार, मंसिर ७, २०८२

बंगलादेशमा सम्पन्न कराँतेमा नेपाललाई ४ स्वर्ण

बंगलादेशमा सम्पन्न बि-जी कराते च्याम्पियनसिप २०२१ मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- बंगलादेशमा सम्पन्न बि-जी कराते च्याम्पियनसिप २०२१ मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ। मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक प्राप्त गरेको हो।

National life

डिजेन डोल्मा लामाले दुई वटा स्वर्ण प्राप्त गरेकी छन्। लामाले कुमिते र कातामा स्वर्ण प्राप्त गरेकी हुन्। यस्तै पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए।

श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्नेमा ग्याल्मो सोमिका लामा पनि छिन्। उनले ३५ केजी तौलको कुमिते तर्फ स्वर्ण प्राप्त गरेकी हुन्।

यस्तै गरी नेपाली टोलीले २ रजत र ५ कास्य पदक पनि जोडेको छ। पासाङ्ग ७० केजी  र राजदेव बमजन ६५ केजी रहेका छन्। दुवैले कुमितेतर्फ रजत प्राप्त गरेका हुन्।

यसैगरी कास्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्ला तर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्ष मुनि उमेर समूह रहेका छन्।

Laxmi sunrise bank
kumari

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ्ग लामा, मिङ्गमा तामाङ्ग र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

प्रकाशित: Jan 04, 2022| 16:15 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।