आइतबार, मंसिर २८, २०८२

प्रदेश १ मा राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन्।
 |  मंगलबार, पुस २०, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, पुस २०, २०७८

विराटनगर- आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा गठबन्धन दल र नेकपा एमालेले मनोनयन दर्ता गराएका छन्।

National life

राष्ट्रिय सभाको अन्यतर्फ गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका गोपाल बस्‍नेत (झापा) र एमालेका गुरु बराल (मोरङ), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) , अल्पसंख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउँदै नेकपा एमालेका उम्मेदवारहरु। 

कार्यालयका अनुसार राष्ट्रिय सभा सदस्यका लागि मंगलबार दिउँसो ३ बजे सम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रदेश १ बाट फागुन २० गते ३ सदस्यको पद खाली हुँदैछ। यसअघि तीन वटै सदस्य एमालेबाट निर्वाचित भएका थियो। 

एमालेका पर्शुराम मेघी गुरूङ, अगमसिंह वान्तवा र नैनकला ओझा निर्वाचित भएका थिए। राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सभाका ९२ र स्थानीय तहका २७२ मतदाता रहेका छन्।

त्यसैगरि राप्रपाबाट अन्यमा अम्बरबहादुर विष्ट र महिलामा रन्जु प्याकुरेलले मनोनयन दर्ता गरेका छन्। प्रदेश १ मा राप्रपाको मतभार १२० छ।


प्रकाशित: Jan 04, 2022| 14:38 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।