आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्- विगत बिर्सिएर क्रिकेटको भविष्यका लागि अघि बढ्नुपर्छ [भिडियो]

पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्- विगत बिर्सिएर क्रिकेटको भविष्यका लागि अघि बढ्नुपर्छ [भिडियो]

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विगत बिर्सिएर अघि बढ्नुपर्ने बताएका छन्। आफू सँधैका लागि कप्तान हुन क्रिकेट नखेलेको बताएउँदै उनले  यस्तो प्रतिक्रिया दिएका हुन्।

National life

साताअघि मात्र नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कप्तानबाट हटाएको थियो। ‘अरु आरोप पनि लाग्दा दुःख लाग्यो। म सँधैलाई कप्तान हुन आएको पनि होइन। हुनुपर्छ भन्ने पनि होइन,’ उनले भने। ज्ञानेन्द्रले अहिले पनि देशको लागि, आफ्नो लागि र परिवारको लागि खेल्ने बताएका छन्।

क्रिकेट खेलाडी र क्यानको विवाद मिलेसँगै फेब्रुअरीमा ओमानमा हुने ट्वान्टी-२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भए। क्यानले सार्वजनिक गरेको ३० खेलाडीमध्ये मंगलबार कारबाहीमा परेका ४ खेलाडीसहित सबै जसो खेलाडी मैदानमा देखापरेका हुन्।

मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षणस्थलमा सहभागिता जनाए।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा २८ खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्रले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रित गर्ने बताएका छन्। वर्गीकरणको विषयपछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताए।

Laxmi sunrise bank
kumari

विवाद समाप्त भएको हो? भन्ने प्रश्नको जवाफ दिँदै ज्ञानेन्द्रले भने, ‘त्यो असन्तुष्टि थियो। विवाद भनेर हल्ला गरियो। एक दुई कुरामा असन्तुष्टि थियो। त्यसलाई स्पष्ट गर्नुपर्ने कुरा मात्र हो।’

बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने बताए। मल्लले आत्मसम्मानका हिसाबले अप्ठ्यारो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए।

‘धेरैपछि सबै कुरा साइडमा राखेर नेपाल क्रिकेट, क्रिकेटर र भविष्यका लागि हामीले अघि बढेका छौं। यो कुरालाई सबै बसेर कुरा गरेको भए पहिल्यै समाधान भइसक्थ्यो,' उनले थपे, 'तर पछिल्ला समयमा भएका गतिविधिले हामी सबैमा केही अन्डरस्ट्यान्डिङ आयो होला भन्ने लाग्छ।’

उनले 'इगो' बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु भन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताए। साथै, विश्वकप छनोट नजिकिँदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रित हुने बताएका छन्। उनले भने, ‘विश्वकप लागि ग्लोबल क्वालिफायरको नजिक आइसकेको छ। धेरै समय छैन। हाम्रो लक्ष्य भनेकै विश्वकप खेल्ने हो।’

सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो। त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो। क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।

नयाँ कप्तानीको विषयलाई लिएर खेलाडीहरु विभाजित भएको भन्दै खेलाडीको पनि आलोचना हुँदै आएको छ। तर खेलाडीबीच मतभेद नरहेको मल्लले स्पष्ट परेका छन्।

‘मलाई लाग्दैन कि हामीले कसैसँग दुस्मनी पालेर बसेका छौं। अथवा बोर्डसँग पनि लिएको छैन। कोही १०–१२ वर्षदेखि खेलिरहेका छन् भने कति नयाँ छन्। त्यस्तो मनमुटाव छैन।,’ उनले टिमबीच विवाद नरहेको कुरालाई स्पष्ट पारेका छन्।

यसै विषयमा मल्लले क्यानका पदाधिकारीसँग आइतबार बैठक गरेका थिए। त्यहाँ पनि उनले पुरानै मुद्दा उठाएका छन्। उनले भने, ‘वर्गीकरणको मापदण्ड, बीमालगायत‍ नपाएको कुराहरु पनि थिए। हामीले त्यो कुराहरु राखेका थियौ। सेवा सुविधाहरु बढाउनु पर्छ। नेसनल टिमबाट खेल्ने खेलाडीहरुलाई पनि सुरक्षित गर्नुपर्छ।’

उनले बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताएका छन। ‘कप्तानबाट हटाइएको विषयमा चाहिँ दुख लाग्यो। यत्रो वर्ष क्रिकेटलाई दिइयो। तर जानकारी विना नै यसरी हटाइँदा गाह्रो भएको थियो। कहिल्यै पनि बोर्डको अघि जाने बोर्डलाई सानो देखाउने कहिल्यै गरेको होइन,’ उनले थपे, ‘अरु पनि बाटो अपनाउँथ्यौँ होला। यत्रो वर्ष केही नहुँदा पनि खेल्यौँ अहिले केही आदर पाएका छौं।’

सन् २०२२ को सेन्ट्रल कन्ट्राक्टका लागि खेलाडीलाई मापदण्डको जानकारी दिएर वर्गीकरण गर्ने, सम्झौतामा नरहेका तर ओमन सिरिज खेलेका खेलाडीलाई जनही एक लाख पुरस्कार दिने भएको छ।

प्रकाशित: Jan 04, 2022| 14:34 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।