शुक्रबार, चैत ६, २०८२

आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप क-कसले पाउने छन्?

सरकारले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ। रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा दिइने सरकारले जनाएको छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- सरकारले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त खोप दिने भएको छ। रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा दिइने सरकारले जनाएको छ।

National life

कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिलाई थप एक मात्रा खोप दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अतिरिक्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि प्रयोग गरिरहेका बिरामीहरूले पाउने छन्।

यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिलाई पनि अतिरिक्त खोप लगाइने छ। यसअघि जुन खोप लगाएको हो अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ।

मन्त्रालयले यसअघि खोप लगाएको कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन अनुरोध गरेको छ।

Laxmi sunrise bank
kumari

  

प्रकाशित: Jan 04, 2022| 07:50 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्