शनिबार, जेठ २, २०८३

माइग्रेनको समस्या भएकाहरूका लागि लाभदायक तीन योगासन

सामान्यवस्थामा टाउकोमा हुने दुखाइलाई हामीले केही औषधी खाएर ठिक गर्नसक्छौं। तर, हामीले टाउकोको दुखाइ कुन प्रकारको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

सामान्यवस्थामा टाउकोमा हुने दुखाइलाई हामीले केही औषधी खाएर ठिक गर्नसक्छौं। तर, हामीले टाउकोको दुखाइ कुन प्रकारको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। टाउको दुख्नुका थुप्रै कारण हुनसक्छन्। यस बारेमा जानकार हुन आवश्यक हुन्छ। माइग्रेन पनि टाउको दुख्ने एक कारण हो। आँखा र टाउकोको एक भागमा हुने दुखाइले निकै समस्या पैदा गर्न सक्छ।

National life

स्वास्थ्य विशेषज्ञका अनुसार माइग्रेन टाउको दुख्ने समस्या मात्र नभएर धुमिल दृष्टि, गन्ध, प्रकाश वा ध्वनिका प्रति अतिसंवेदनशीलताको कारण पनि बन्न सक्छ। माइग्रेनको समस्या केही घन्टासम्म रहन सक्छ। माइग्रेनको दुखाई कम गर्नका लागि औषधिहरू पनि छन्। तर, केही योगासन गरेर पनि माइग्रेनको दुखाइलाई कम गर्न सकिन्छ।

पद्मासन योग

स्वास्थ्य विशेषज्ञका अनुसार जुन मानिसमा प्राय माइग्रेनको समस्या बल्झिरहन्छ ती मानिसले प्रत्येक दिन पद्मासन गरेर स्वास्थ्य लाभ लिन सक्छन्। मस्तिष्कलाई शान्त बनाउनका लागि नियमित ध्यान गर्नुका साथै पद्मासन गर्दा स्वास्थ्यलाभ लिन सकिन्छ। पद्मासन योगको अभ्यासले मानसिक तथा शारीरिक स्वस्थतामा टेवा पुर्‍याउँछ।

चाइल्ड पोज अभ्यास

माइग्रेनको समस्या ठिक गर्नका लागि सधैँ चाइल्ड पोजको अभ्यास गर्नुपर्छ। यसका लागि गहिरो श्वास लिँदै अभ्यास गर्नुपर्छ। चाइल्ड पोज अर्थात् बालासनले मनलाई शान्त गर्छ। यसले थकानलाई कम गर्न पनि सहयोग गर्छ। नियमित यो आसन गर्दा पूर्ण रूपमा माइग्रेसन ठिक हुनसक्छ।

भुजंगासन योग

कोबरा पोज वा भुजंगासन अभ्यास आस रूपमा ढाड तथा पिठ्युँको समस्याबाट छुटकारा पानका लागि गरिन्छ। तर, योग विशेषज्ञका अनुसार माइग्रेसन भएका बिरामीले पनि यो आसन गरेर लाभ लिन सक्छन्। नियमित भुजंगासन गर्दा तनाव तथा चिन्ताबाट छुटकारा पाउन सकिन्छ। - अमर उजालाबाट

प्रकाशित: Jan 04, 2022| 06:40 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्