काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ २५ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ९७ पैसा र बिक्री दर १३० रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ र बिक्री दर ८६ रुपैयाँ ४३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ०५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९७ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २९ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६५ पैसा र बिक्री दर १८ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५७ पैसा र बिक्री दर ३१ रुपैयाँ ७३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।