शुक्रबार, चैत ६, २०८२

ग्रीन टीका बेफाइदा पनि छन्, यी कुरामा ध्यान दिनुस्

जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ। त्यसैले ग्रीन टी पिउनुभन्दा अगाडि केही कुरा ध्यान समेत दिनुपर्छ।
 |  मंगलबार, पुस २०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २०, २०७८

काठमाडौं- बिहान उठ्ने बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त हुन्छन्। जाडोमा दिउँसो बिहान उठ्ने बित्तिकै ग्रीन टी सेवन गर्ने मानिसहरु प्रशस्त छन्। ग्रीन टीका फाइदाहरु त धेरै छन्। यद्यपि यसका केही बेफाइदाहरु पनि छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन। फाइदा र बेफाइदा बराबर भएपनि हामी ग्रीन टी का फाइदाको पछाडि मात्र लागिरहेका हुन्छौं। जबकि यसका वेफाइदाका बारेमा पनि जानकारी हाँसिल गर्नु अनिवार्य छ। त्यसैले ग्रीन टी पिउनुभन्दा अगाडि केही कुरा ध्यान समेत दिनुपर्छ।

National life

खाली पेटमा पिउनुहुन्‍न

यदि तपाईंलाई ग्रीन टी खाने बानी परेको छ भने एउटा कुरा ध्यान दिनैपर्छ। पेट खाली भएको बेलामा ग्रीन टी पिउनै हुँदैन। एक कप ग्रीन टी मा करिब २५ ग्राम क्याफिन हुन्छ। यदि तपाईंले दिनमा चार-पाँच कप ग्रीन टी पिउनुभयो भने तपाईंको शरीरमा क्याफिनको मात्रा बढ्छ। क्याफिनको मात्रा बढेपछि तपाईंलाई रिंगटा लाग्न थाल्छ। डर समेत लाग्न थाल्छ। यसबाहेक मधुमेह, कब्जियत, अनिन्द्रा जस्ता समस्या समेत देखिन्छ। यसका साथै खाली पेटमा ग्रीन टी सेवन गर्नाले एसिडिटीको समस्या समेत पैदा हुन्छ।

खानासँग पनि ग्रीन टी पिउनुहुन्‍न

त्यसै पनि खानासँग चिया पिइँदैन। यद्यपि, कसै-कसैलाई खानासँगै ग्रीन टी सेवन गर्ने बानी हुन्छ। जुन राम्रो होइन। ग्रीन टीमा क्याटेडिन हुन्छ, जसले शरीरमा आइरनलाई अवशोषित गर्न पाउँदैन। जसबाट शरीरमा आइरनको कमी हुन्छ। त्यसैले खाना खाएको केही समयपछि मात्र ग्रीन टी पिउनुपर्छ।

Laxmi sunrise bank
kumari

गर्भवतीलाई ग्रीन टी पिउन छोड्नुपर्छ

गर्भवती अथवा स्तनपान गराइरहेका महिलाले ग्रीन टी नपिउनु नै उचित हुनेछ। ग्रीन टी पिउनै परे बढीमा दुई कपभन्दा बढी पिउनु हुँदैन। दुई कपभन्दा बढी ग्रीन टी सेवन गर्दा गर्भमा हुर्किरहेको शिशुलाई नकारात्मक प्रभाव पर्नसक्छ। दुई कप ग्रीन टीमा २ सय एमजी क्याफिन हुन्छ। गर्भावस्थामा त्योभन्दा बढी मात्राको क्याफिन खतरनाक साबित हुन्छ। उक्त क्याफिन आमाको दुधमार्फत शिशुसम्म पुग्छ। क्याफिन मिसिएको दुध शिशुका लागि हानिकारक हुन्छ।

औषधिसँग ग्रीन टी सेवन नगर्ने

यदि तपाईं कुनै औषधि सेवन गरिरहनुभएको छ भने ग्रीन टी सेवन नगर्नु नै उचित हुन्छ। नसाका रोगीहरुले त ग्रीन टी नपिउनु नै राम्रो हुन्छ। ग्रीन टीमा पाइने क्याफिनले नसाको प्रणालीलाई असर पुर्‍याउँछ। नसाको रोगका औषधि सेवन गर्ने व्यक्तिले ग्रीन टी सेवन गर्दा उच्च रक्तचापको समस्या हुनसक्छ।

के पाइन्छ ग्रीन टिमा ?

एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो, ग्रीन टि। यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ।  स्वास्थ्य र सौन्दर्य दुबैको लागि लाभदायक मानिन्छ। ग्रीन टिमा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।

यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन। रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ।

किन पिउने ?

दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टि। अध्ययनहरुमा के पनि पाइएको छ भने, ग्रीन टिले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ। शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टि लाभदायक हुन्छ। पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टि उपयोगी हुन्छ। तौल नियन्त्रणका लागि समेत ग्रीन टि पिउन सकिन्छ।

प्रकाशित: Jan 04, 2022| 05:00 मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्