शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रमिकले झेल्नुपर्ने समस्या समाधान हुन्छन् : श्रममन्त्री श्रेष्ठ

श्रमिकले झेल्नुपर्ने समस्या समाधान हुन्छन् : श्रममन्त्री श्रेष्ठ

'कामदारहरुलाई अलि इज्जतसाथ व्यवस्थापन गरेर पठाउने विषयमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ। पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरीहरु देखेका छौँ। भन्दै र सुधार गर्दै जान्छौँ,’ उनले भने।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा श्रमिकले झेल्नुपर्ने प्रक्रियागत समस्यालाई समाधान गरिने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री श्रेष्ठले विमानस्थलमा श्रमिकहरुको समस्यालाई समाधान गर्दै जाने बताएका हुन्। 

विमानस्थलमा श्रमिकहरुका लागि अर्को दर्जा जसरी छुट्टै लाइन राखिएकोप्रति दुःख व्यक्त गर्दै धेरै कुराको समस्या रहेको अनुभुति भएको बताए। मन्त्री श्रेष्ठले इपीएसबाट कोरिया जान लागेका १६४ जना श्रमीकलाई इज्जत र व्यवस्थापनका साथ पठाउनका लागि विमानस्थल पुगेको बताएका थिए। 

'कामदारहरुलाई अलि इज्जतसाथ व्यवस्थापन गरेर पठाउने विषयमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ। पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरीहरु देखेका छौँ। भन्दै र सुधार गर्दै जान्छौँ,’ उनले भने। 

मन्त्री श्रेष्ठले विमानस्थलमा धेरै कुराहरुको कमी रहेको अनुभूति मन्त्रालयलाई भएको भन्दै क्रमशः कमजोरीहरुको समाधान गरिने बताए। 

प्रकाशित: Jan 03, 2022| 19:10 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्