शुक्रबार, चैत ६, २०८२

नेपाललाई उच्च शिक्षाको हब बनाउन सक्षम छौं : उपकुलपति अर्याल

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले नेपाललाई उच्च शिक्षाको हब बनाउन नेपालका विश्वविद्यालय सक्षम भएको बताएका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं– पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालले नेपाललाई उच्च शिक्षाको हब बनाउन नेपालका विश्वविद्यालय सक्षम भएको बताएका छन्। 

National life

कलेज रिडर्सले आयोजना गरेको भर्चुअल ईडीयू फेयर – २०२२ को सुभारम्भ समारोहमा बोल्दै उपकुलपति अर्यालले नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्दै विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीलाई नेपालमै शिक्षाको लागि आकर्षण गर्न विश्वविद्यालयका कार्यक्रम सक्षम भएको बताएका छन्। 

उनले निजी शिक्षणसंस्थासँग सहकार्य गर्दै नयाँ विषय थप गर्दै गुणस्तरीय शिक्षा दिन सके विद्यार्थीलाई नेपालमै रोक्न सकिने बताए। पोखरा विश्वविद्यालय व्यवस्थापकीय जनशक्ति उत्पादनमा देशमै एक नम्बरमा रहेको र यहाँका उत्पादनले रोजगारको अवसर पाइरहेको छन्। 'शिक्षालाई जिवनसँग जोड्न सक्नुपर्‍यो। विदेशमा एउटा फ्ल्याटमा चलेका कलेजमा विद्यार्थी अध्ययनको नाममा पलायन भइरहेका छन्। यसलाई रोक्न विश्वविद्यालयलाई गाउँगाउँमा पुर्‍याउन र नयाँ विषय थप गर्न दिनुपर्छ। ऐन परिवर्तन गर्नुपर्ने हो भने गर्नुपर्‍यो। नयाँ कलेजलाई सम्बन्धन  दिएर भए पनि सिट संख्या बढाउनुपर्‍यो।नेपालमै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन हामी सक्षम छौं।’

अहिले पोखरा विश्वविद्यालयमा ३५ सय विद्यार्थी अध्ययनरत रहेकोमा यसलाई नयाँ विषय थप गरेर सिट संख्या बढाएर ७० हजार पुर्‍याउन सहज रुपमा सकिने उनको भनाई छ। 

यसका साथै भर्चुअल रुपमा सञ्चालन हुने मेला पुस १९ गतेबाट माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। मेलामा विद्यार्थीले भर्चुअल रुपमा कलेजहरुको भ्रमण गर्न सक्नेछन् भने मेलामा सहभागि विद्यार्थी मध्यबाट केही विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Jan 03, 2022| 15:09 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्