शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य तोलामा ३०० ले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

काठमाडौं- सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ। चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: Jan 03, 2022| 12:36 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्