सोमबार, फागुन १८, २०८२

वृद्धालाई ठक्कर दिएर फरार मन्त्रीका छोरा पक्राउ

गाडीले वृद्धालाई ठक्कर दिएर फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

kumari

धनगढी– गाडीले वृद्धालाई ठक्कर दिएर फरार रहेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन्। बबीलाई ज्यान मुद्दामा पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

पुस २ गते टीकापुरमा बबीले चलाएको बागमती प्रदेश ०१०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९९ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन्। ती वृद्धाको उपचारका क्रममा पुस ११ गते मृत्यु भएको थियो। प्रहरीले उनलाई खोजी गरिरहेको थियो। अब बबीलाई ज्यान मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाइने जोशीले जानकारी दिए।

प्रकाशित: Jan 03, 2022| 11:53 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।