आइतबार, जेठ १७, २०८३

एक महिनामा मोरङमा ३० हजार मतदाता थपिए

सो अभियानअन्तर्गत नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराए।
 |  सोमबार, पुस १९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १९, २०७८

विराटनगर- फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मंसिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली संकलन अभियान चलाइएको थियो।

National life

सो अभियानअन्तर्गत नामावली संकलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराए। 

मतदाता नामावली संकलनको लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए। 

उनले जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली संकलन गर्ने काम भइरहेको भएपछि छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको एकाइ चारवटै स्थानमा थपेर नामावली संकलन गर्ने र यसका लागि प्रत्येक राजनीतिक दलले सहयोग एवं सहजीकरण गरिदिन आग्रह गरिएको छ।

एक महानगरपालिकासहित १७ पालिका र छ निर्वाचन क्षेत्र रहेको मोरङमा छ लाख ६९ हजार मतदाता थियो भने यो अभियान सञ्चालन भएपछि मतदाता थपिएको बताइएको छ।

Shivam cement

प्रकाशित: Jan 03, 2022| 11:15 सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।